भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

प्रकाशित मिति:

काठमाडौं – कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। पारिवारिक भ्रमणका सिलसिलामा साउन १४ गते संयुक्त अरब इमिरेट्स ९युएई० गएका अध्यक्ष प्रचण्ड शनिबार राति साढे १२ बजे स्वदेश फर्किएका हुन्।

प्रचण्डलाई लिन उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र पूर्वसभामुख ओनसरी घर्ती मगर विमानस्थल पुगेका थिए। पाँच दिने युएई बसाईका क्रममा प्रचण्ड परिवारको कार्यतालिकाबारे भने खुलाइएको छैन। लामो समय देखि बिरामी श्रीमती सीता दाहालको आग्रहमा प्रचण्ड, छोरीहरू रेणु र गंगा, नातिनातिनासहित युएई गएका थिए।