२४ घण्टा नबित्दै अमेरिकामा फेरि चल्यो गोली, ९ को मृत्यु, १६ घाइते

प्रकाशित मिति:

अमेरिका – अमेरिकाको ओहायो राज्यको डायटन शहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी कम्तीमा पनि १६ जना घाइते भएका छन् । स्थानीय समयअनुसार आइतबार बिहान १ बजेर २२ मिनेटमा उक्त घटना भएको जनाइएको छ । कम्तीमा तीन हजार मानिस रहेको स्थानमा गोली चलाउने उक्त बन्दुकधारीको समेत ज्यान गएको स्थानीय सञ्चार

घटनामा घाइते भएकाहरुलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ। टेक्सास राज्यको एल पासोस्थित एक व्यस्त वाल्मार्ट सपिङ मलमा पसेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको २० घण्टा नबित्दै ओहायोमा यस्तो घटना घटेको हो ।