लसर्घा र सटुका -रानीघाट खण्डमा गएको पहीरो को स्थायी समाधन गर्न प्रदेश सांसद प्रकाश मल्लको माग

प्रकाशित मिति:

पोखरा । मिर्मी विर्घा रानीघाट सडक खण्डको सटुका रानीघाट खण्डमा रानीघाटमा निमार्ण सम्पन्नको अन्तीम चरणमा रहेको कालीगण्डकीमा निमार्णाधीन पक्की पुल सम्पन हुने अन्तीम चरणमा रहदा स्याङ्जाको जग भएको भाग देखी करीव १५० मीटर माथी सडक भासीएर करीव ५० मीटर क्षेत्र क्षतीग्रस्त हुदा वाटो पुर्ण रुपमा अवरुद्ध भएको छ । पैदल यात्रीलाई आवाज जावत गर्न असहज र जोखीम पुर्ण वनेको छ । पुल निमार्णको क्रममा जग खन्ने क्रममा भएको असरवाट पहीरो खस्दै गएको र सडक भासीदै गएकाले तत्काल सडक सुचारु गर्नका लागी वैकल्पीक व्यवस्था गर्न माग गर्दछु ।

उक्त सडक २०७२ , ७३ को आथिक वर्ष देखी केन्द्रीय योजनामा प्रस्तावीत रणनीतीक सडकका रुपमा रहेकोमा हालै आएर प्रदेश सरकारको जिम्मेवारीमा रहेकाले तत्काल आवश्यक कार्य गर्न माग संसदमा प्रदेश सांसद प्रकाश मल्लले माग गर्नु भएको छ । पहीरो दीर्घकालीन रुपमा नियन्त्रण नगरीकन यातायात आवागमनमा कठीनाई आईरहने हुदा पहीरो नियन्त्रको लागी आवश्यक व्यवस्था गर्न पनी उहांले माग गर्नु भएको छ । त्यस्तै मिर्मी वैघा चण्डी भन्ज्याङ सडक खण्ड अन्र्तगत वैघा चण्डीभन्ज्याङ सडक खण्डको मोटरवाटो पक्की गर्ने काम शुरु भएपछी वाटो विस्तार गर्ने क्रममा रहदै गर्दा त्यस क्षेत्रवाट केही समय अगाडी आएको माटोपानीको लेदो सहीतको वाढीले कालीगण्डकी २ लसर्घाका करीव १० घर वस्तीमा क्षती पुगेको थियो । अहिलेपनी ५ घर जोखीममा रहेकाले सम्वन्धीत परीवारलाई क्षतीपुर्ति र पहीरोको स्थायी समाधानका लागी उचीत कदम चाल्न संसदमा वोल्दै सांसद प्रकाश मल्लले माग गर्नु भएको छ ।