गुल्मीमा मदिराको झोकमा साथी माथि खुकुरी प्रहार

प्रकाशित मिति:

रमेश विश्वकर्मा गुल्मी ।मदिराको झोकमा साथी माथि खुकुरी प्रहार भएको छ । जिल्लाको मदाने गाउँपालिका १ अग्लुङ्गमा साथीको खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् । मदाने १ अग्लुङ्गका बावुराम चन्दले मदिराको झोकमा आफ्नै साथी वसन्त वोहरामाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीन घलेले जानकारी दिए ।

मदिरा सेवन गरेका उनीहरु बीच शनिवार राति १० वजेतिर सामान्य विवाद हुदाँ चन्दले खुकुरी प्रहार गरेको वुझिएको र अन्य घटनाका विषयमा अनुसन्धान शुरु गरिएको घलेले बताए । खुकुरी प्रहारबाट वसन्तको टाउकोमा ठूलो चोट लागेको छ । उनलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि पाल्पा ल्याइएको छ । उनको अवस्था गम्भीर रहेको बताईएको छ । खुकुरी प्रहार गर्ने वावुरामलाई ईलाका प्रहरी कार्यालय पुर्कोटदहको प्रहरी टोलीले राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको छ । थप अनुसन्धान भैरहेको प्रहरी जनाएको छ ।