अस्ट्रेलिया कार दुर्घटना : आरोपी भट्टराई सिड्नी विमानस्थलबाट पक्राउ

प्रकाशित मिति:

सिड्नी – गत बुधबार अस्ट्रेलियामा भएको कार दुर्घटनाका आरोपी एक नेपाली युवक सिड्नी विमानस्थलबाट पक्राउ परेका छन्। घटनाका मुख्य आरोपी २२ वर्षीय सागर भट्टराई सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार साँझ पक्राउ परेको अष्ट्रेलियाका संचारमाध्यमले जनाएका छन् ।

अस्ट्रेलियाबाट नेपाल आउने तयारीमा रहेका भट्टराईलाई न्यू साउथ वेल्सका प्रहरीले पक्राउ गरेको छ । भट्टराईविरुद्ध खतरनाक तरिकाले गाडी चलाउँदा दुईजनाको मृत्यु भएको आरोप लागेको छ। बुधबार भएको कार दुर्घटनामा परी नेपाली विद्यार्थीहरु समीक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको थियो ।
एक साताको अनुसन्धानपछि पक्राउ परेका आरोपी भट्टराईलाई मस्कट पुलिस स्टेसनमा राखिएको छ। प्रहरी नियन्त्रणमा रहेका भट्टराईलाई आगामी २७ सेप्टेम्बरमा क्वीबियान अदालतमा पेश गरिनेछ बताईएको छ