आदिवासी दिवसमा चित्रकला प्रतियोगिता

प्रकाशित मिति:

बुटवल, १९ साउन । २५ औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा बुटवलमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य रञ्जित शेरचनले उद्घाटन गरे । सो अवसरमा बोल्दै शेरचनले आदिवासी जनजाति महासंघ रुपन्देहीले रचनात्मक कार्यक्रम गरेको भन्दै प्रतियोगिताले विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने बताए ।

कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य यम थापा, आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा, महासंघ उपाध्यक्ष बीरबहादुर लामा, कार्यक्रम संयोजक एवं महासंघका सचिव चित्र तुलाचनले आआफ्ना धारणा राखेका थिए । प्रतियोगितामा रुपन्देहीका १५ वटा विद्यालयका २२ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगिताको नतिजा साउन २४ गते मूल समराोहमा घोषणा गरी पुरस्कृत गरिने कार्यक्रम संयोजक तुलाचनले बताए । ‘पहिचान, सह–अस्तित्व र अधिकार’ नारासहित २५औं विश्व आदिवासी दिवस अन्तर्गत महासंघले २० गते भ्रष्टाचारविरुद्ध हाफ म्याराथन प्रतियोगिता तथा २२ गते रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गर्दैछ । दिवसको मुख्य दिन साउन २४ गते बुटवलमा बृहत ¥याली सहित सभाको आयोजना गरिने कार्यक्रम छ ।