निर्मलाका लागि न्याय माग्दा घाइते भएका अर्जुनलाई मासिक २५ हजार दिइने

प्रकाशित मिति:

काठमाडौँ – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको आन्दोलनका क्रममा प्रहरीको गोली लागि घाइते भएका अर्जुन भण्डारालाई सरकारले मासिक २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारालाई मासिक २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । अघिल्लो वर्ष भदौ ७ गते निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागि भण्डारा घाइते भएका थिए । गोली प्रहारपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनले एक खुट्टा नै गुमाउनुपरेको छ भने अझै होस खुलेको छैन ।