कांग्रेस प्रबक्ता शर्मा र तरुण दल महासचीव भुपेन्द्रजंग शाही पोर्चुगल आउने

प्रकाशित मिति:

भरत प्रधान लिस्बन, १९ साउन । युवा नेता एंव नेपाली कांग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्मा युरोपेली मुलुक पोर्चुगल आउने भएका छन् । यही अगष्त १२ तारिखका दिन राजधानी लिस्बनमा हुने नेपाली जनसम्पर्क समिति पोर्चुगलको १० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्न प्रबक्ता शर्मा पोर्चुगल आउने भएका हुन । प्रबक्ता शर्मा सहित नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही समेत साधारण सभालाई सम्बोधन गर्न पोर्चुगल आउने कार्यक्रम तय भएको समितिका सभापति बिनोद घिमिरेले जानकारी दिए ।

समितिको साधारण सभा संगै यहां रहेका कांग्रेस कार्यकर्ताका लागि प्रशिक्षण समेत आयोजना गरिएको घिमिरेले बताए । प्रबक्ता शर्माले अगष्त १३ तारिखका दिन प्रशिक्षण दिने कार्यक्रम रहेको समितिले जनाएको छ । नेता शर्माले पार्टीको बर्तमान अवस्था, पार्टीको आगामी नीति तथा भूमिका र नेपालको समृद्धीमा प्रवासी नेपालीको भूमिका लगायतका बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको घिमिरेले बताए ।