पाखापानीमा बासुकी नाग देवताको मन्दिर स्थापना

प्रकाशित मिति:

हरिश ढकाल बुटवल-बुटवल उपमहानगर २ स्थित पाखापानीमा बासुकी नाग देवताको मन्दिर स्थापना गरिएको हो । पाखापानी केही महिना अघि नाग देवता प्रकट भएको र मन्दिर निर्माण गर्न आदेश भएकोले मन्दिर निर्माण गरिएको हो । गत माघ २० गते माघे औंसीका दिन प्रकट भएका नाग देवताले आफ्नो स्थान उचित संरक्षण नभएकाले यत्रतत्र भड्किएको भन्ने कुरा बिभिन्न माताजीहरु मार्फत राखेकोले मन्दिर निर्माण गरिएको स्थानिय धु्रव खनालले बताए ।

नाग देवता प्रकट भएको ठिक ६ महिनामा भोली साउन २० गते सोमबार नाग पञ्चमी समेत परेकोले बिहान ८ बजे उक्त मन्दिरको बिधिवत उद्घाटन गरिने कार्यक्रम रहेको पनि खनालले बताए । बासुकी नाग सेवा समितिका कोषाध्यक्ष समेत रहेका खनालले उक्त मन्दिरमा दुईवटा नागका मुर्तिहरु स्थापना गरिने र त्यहाँ मन्दिरका लागि जग खन्ने क्रममा नागको प्रस्तर मुर्तीसमेत भेटिएकोले उक्त मन्दिरमा स्थापना गरिएको पनि जानकारी गराए ।यहाँ आउने श्रद्धालु भक्तजनहरुले मागे चिताएको पुग्ने गरेको र बिश्वास नगरि उक्त स्थान वरपर क्षति पुराएमा हानी नोक्सानी हुने गरेको अर्का स्थानिय टेकबहादुर रावलले बताए । उक्त मन्दिर समितिका सचिव समेत रहेको रावलले बासुकी नागको स्थापना गर्ने क्रममै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बासुकी नाग देवताले दर्शन दिएको र मनोकामना समेत पुरा हुने गरेको बताए