मित्रता

प्रकाशित मिति:

अर्जुन ज्ञवाली-

आशा, भरोसा र बिश्वासको कडी
शत्रु, अहंकार, अत्याचार विरुद्धमा
न्यायको लागि लड्ने छडी
प्रत्येक पोला र घडीमा
मनमस्तिकको सम्योजनमा
अभिछिन्न छाया बनेर
सदैव पछ्याइरहने
ती निस्वार्थी साथहरुमा छ
मित्रता

जिन्दगीका
मिठा नमिठा
उकालीओरालीका
ती कठिन यात्रामा
आइदिने मेरो लामो सुस्केरामा
सगसगै सुस्कुराउने
सुस्केराहरुमा छ
मित्रता

कहालीलाग्दो दुख र दर्दमा
बिहान र बेलुका हातमुख जोर्न
सगसगै हिड्न प्रतिस्पर्धा गर्ने
ति पाइलाहरुमा छ
मित्रता

मेरा नयनहरुबाट
पिडाका आशुहरु तप्प खसिदिदा
पुछिदिने
ती निस्वार्थी हातहरुमा छ
मित्रता
रातकोअध्यारो पछी
बिहानीको मिर्मिरे आउदा
मेरा ओठहरुमा आइदिने
मुस्कुराटमा साथ दिने
ती ओठहरुमा छ
मित्रता

चित्त नबुझी
कट्किएर जङ्गिएर
तिखा तिखा गाली दिदा पनि
फर्की फर्की मेरो साथको खोजी गर्ने
ती शान्त र सौम्य मनहरुमा छ
मित्रता
आफुले नपाए पनि
आफुले नखाए पनि
आफुले नलाए पनि
सदैव आनन्दीत हुने
ती मानवहरुमा छ
मित्रता