ॐ पढाइलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

अणुभ्यश्च महद्भ्यश्च शास्त्रेभ्यः कुशलो नरः ।
सर्वतः सारमादद्यात् पुष्पेभ्य इव पट्पदः ।। –नीति श्लोक जसरी मौरीले फूलको रसमात्र चुसेर लिन्छन्, त्यसैगरी शास्त्र पढेर पनि त्यसको सार लिन सक्नुपर्दछ ।

पुस्तक पढ्दा त्यसको सारतत्त्व के हो भन्ने कुरा बुझेर मात्र अध्ययन गर्नुपर्दछ । सार तत्तव नबुझी गरिएको अध्ययन व्यर्थ रहन्छ । पुस्तक कस्तो हो, के कुरा समेटिएको ? कुन विषयवस्तुसँग सम्बद्ध छ ? लेखक के कस्तो आदि विषयवस्तुको समग्र सार बुझेर मात्र अध्ययन गर्नुपर्दछ । जसरी मौरीले सारा फूलहरू चाहरे पनि उसले लिने केवल रस मात्र हो । जसरी मौरीले फूलवारीमा डुलेर रसमात्र लिन्छ त्यसैगरी पुस्तक बढेर त्यसको सार मात्र ग्रहण गर्न सक्नु पर्दछ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य –