८ हजार घुससहित मालपोतका २ कर्मचारी रंगेहात पक्राउ

प्रकाशित मिति:

काठमाडौं – मालपोत कार्यालय टीकापुर कैलालीका दुई जना कर्मचारीलाई घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ । नायव सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई ८ हजार घुससहित अख्तियारले रंगेहात पक्राउ गरेको छ ।

लम्की चुहा नगरपालिका र जानकी गाँउपालिकास्थित जमिनको हराएको लालपूर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलीपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग घुसबापत लिएको ८ हजार रूपैयाँ नगदसहित उनीहरु आइतवार पक्राउ परेको अख्तियारले जनाएको छ । सेवाग्राहीसँग घुस माग गरेको गोप्य सूचनाका आधारमा कञ्चनपुर कार्यालयबाट खटिएको अख्तियार टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूमाथि थप अनुसन्धान चलिरहेको अख्तियारले जनाएको छ ।