जम्मू–कश्मीरलाई दुई खण्डमा बाँडियो

२० श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
43 Shares


काठमाडौं – जम्मू–कश्मीरलाई दुई खण्डमा बाँडिएको छ । जम्मू–कश्मीर र लद्दाख गरी दुई राज्य बनाइएको छ । यी दुवै राज्यलाई केन्द्र सरकारले शासन गर्नेछ ।

अनुच्छेद ३७० मध्ये एक खण्डमात्र बाँकी रहने छ । गृहमन्त्री अमित शाहले राज्यसभा संसदमा अनुच्छेद ३७० हटाउने संकल्प पेश गरेका हुन् । त्यसपछि संसदमा हंगामा भएको छ । विपक्षी सांसदहरुले भुँइमा बसेर धर्ना दिएका छन् । पीडिपी सांसदले सदनमै कुर्ता च्यातेका छन् । गृहमन्त्रीले पेश गरेसंगै अब जम्मू–कश्मीर स्वतन्त्र अलग राज्य हुने छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया