राजनीतिमा उदाएका समलिङ्गीहरु

प्रकाशित मिति:

पहिले समलिंगीलाई आश्चर्य मात्र होइन, अस्वीकार पनि गरिन्थ्यो । समाजमा चलि आएका मान्यता विपरीत भनेर उनीहरुलाई हेयको भावमा व्यवहार गरिन्थ्यो । तथापि समलिंगीको अस्तित्व गोप्य रुपमा सबै समाजमा रहने गरेका थियो । समलिंगीको अस्तित्व व्यवहारमा नै देखा पर्नुका पछाडी विभिन्न कारणहरु हुनसक्छन् । समाजको सामाजिक बनोट, मनोविज्ञानसहित आर्थिक तथा सांस्कृतिक पृष्ठभूमिका कारण समलिंगीको अस्तित्वमा विविधता हुन सक्छ पनि । तर जुनसुकै समाज भए पनि समलिंगी भने पछि समाजले स्वीकार गर्न अन्कनाएको र पछि मात्र मान्यता दिएको विषय भने पक्का हो । तर पछिल्लो चरणमा आएर समलिंगीहरुले राज्य र सरकारका महत्वपूर्ण ओहदामा जिम्मेवारी निर्वाह गरिसकपछि भने समलिंगीका बारेमा सामाजिक विभेदमा निकै कमी आएको छ । मान्यता प्राप्तिका हिसावले पश्चिमा देशहरुमा केही अगाडि नै र नेपालजस्ता विकासशील देशमा भर्खरै मात्र समलिंगीले कानूनी मान्यता हासिल गरेका छन् । समाजमा बढ्दो स्वीकृतिसँगै समलिंगी राज्य, सरकार, सिने जगत, गीत, नृत्य, सामाजिक सेवाका साथै अन्य क्षमता विकास र प्रदर्शनका काममा अग्रपंक्तिमा देखा पर्न थालेका छन् । ती मध्ये केही समलिंगी राजनीतिज्ञको विवरण यसो रहेको छ :

आना ब्रनाबिक

आना ब्रनाबिक सर्बियाका १२ औं प्रधानमन्त्री हुन् । सन् २०१७ जून महिनामा आना बर्नबाइ सर्बियाको राजनीतिक परिदृश्यमा उदाइन्– पहिलो महिला र समलिंगी व्यक्ति प्रधानमन्त्रीको पदमा । यो संसारका सबै र विशेष गरी सर्वियाका लागि पनि विशेष चासोको विषय बन्न गयो । उनी कुनै पनि राजनीतिक पार्टीसँग सम्बद्ध थिइनन् । ४२ वर्षिया आना सर्बियाको अस्थिर राजनीतिमा यस अघि कतै सामेल पनि थिइनन् । कुनै पनि अनुभव नै नभएकी समलिंगी महिला राजनीतिक परिदृष्यमा देखा परिन् । उनलाई बाल्कन देशका राष्ट्रपति अलेक्सान्डर भ्युइसले प्रधानमन्त्री नियुक्त गरे । देशमा विद्यमान जटिल परिस्थितिविरूद्ध आनाले सर्बियाको छवि उजिल्याउने काम गर्न थालिन् । एक दिन यूरोपियन युनियनमा सामेल हुन जोडदार ढंगले काममा उनी अघि बढिन् । उनको कार्य दक्षिणपूर्वी युरोपेली देश रसियासँगको सम्बन्धका कारण कडा चुनौतीका रूपमा खडा भएको छ ।

लिओ वरदकर

लिओ वरदकर आयरल्याण्ड गणतन्त्र का १४औं राष्ट्रप्रमुख हुन् । उनी त्यहाँका प्रधानमन्त्रीका साथै आयरल्याण्ड गणराज्यको प्रमुख हुन् । उनी परिचित र एक खुला समलिंगी हुन । उनलाई आधुनिकतातिर प्रवेश गरिरहेको सामाजिक उदारवादी आयरल्याण्डको आधा भारतीय प्रतिनिधिका रुपमा पनि लिइन्छ । उनी आयरल्यान्डको सबैभन्दा ठूलो राजनीतिक पार्टी फाइन गेलको नेतृत्वमा पुगेपछि राष्ट्रको जिम्मा लिने सौभाग्य पाएका हुन् । ३९ वर्षका उनी आयरल्याण्डमा सबैभन्दा कम उमेरमा उक्त पद सम्हालेका व्यक्ति हुन् । उनले बढी भन्दा बढी फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको कार्यशैलीलाई पछ्याउने गर्दछन् ।

जेभियर बेटेले

जेभियर बेटेल लक्जमबर्गका २४ औं प्रधानमन्त्री हुन् । लक्जमबर्ग आफैमा युरोपको सबैभन्दा सानो देश हो । तथापि प्रधानमन्त्री जेभियर बेटेलको ओहदा सानो थिएन । बेटेल त्यस समयमा आईसल्याण्डका प्रधानमन्त्री जहन्ना सिगुरार्डिटीर र बेल्जियमका प्रधानमन्त्री इलिओ दी रुपोको पछाडि तेस्रो खुल्लमखुल्ला समलिंगी विश्व नेता हुन् । उनी लक्जमबर्गको डेमोक्र्याटिक पार्टीका नेता थिए । उनले आफैमा सानो जर्मन भाषी राष्ट्रलाई आधुनिकीकरण गर्ने अपेक्षा गरिएको छ । स्कूलमा धार्मिक पाठलाई नैतिकता सम्बन्धी शिक्षामा परिणत गरिएको छ । सामाजिक परिवर्तनका लागि बेटेलको दृढता निश्चित रूपमा लक्जमबर्गको राजनीतिमा महत्वको छ ।

वेडे म्याक्लच्लान

वेडे म्याक्लच्लान प्रिन्स एडवर्ड टापुका ३२ औं प्रिमियर हुन् । उनी क्यानडाको सबैभन्दा सानो टापु प्रिन्स एडवार्ड छानिएका थिए । उनी र उनको उपस्थिति क्यानाडामा सामान्य झैं हो । तर बाहिरी संसारमा भने यो छलफलको विषय बन्ने गर्छ । विश्वको दोस्रो ठूलो राष्ट्र क्यानडामा प्रिमियर हुने उनी पहिलो समलिंगी पुरुष हुन् । उनको जिम्मेवारीसँगै क्यानाडा एक सामाजिक आधुनिकताको युगमा प्रवेश गरिएको मानिएको छ । साथै प्रिन्स एडवर्ड गैरयुरोपियन मूलका व्यक्तिलाई छनौट गर्ने पहिलो प्रान्त पनि मानिएको छ । उनी कहिल्यै पनि फेडरल सरकारको दबाबमा परेनन् । उनले नवीकरणीय उर्जाका लागि लिएको अडान उक्त टापु राज्यका लागि अनुकुल छ । म्याक्लच्लानको सरकारले महिलाको प्रजनन अधिकारलाई ग्यारन्टी गरेको छ । यस अघि राजनीतिक अनुभव नभए पनि उनी राजनीतिमा सफल देखिएका छन् ।

केट ब्राउन 

केट ब्राउन अमेरिकाको ओरेगन राज्यको ३८ औं गभर्नर हुन् । फेब्रुअरी २०१५ मा उनले गभर्नरको शपथ लिएकी थिइन् । अमेरिकी दुई प्रजातान्त्रिक महिला गभर्नरमध्ये उनी एक हुन् । गभर्नर चुनिएकी उनी खुलेआम बाइसेक्सुअल व्यक्ति हुन् । ५८ वर्षिया उनी नागरिक अधिकारमा समर्पित छिन् । उनलाई यसका लागि ओरेगोनियालीको अनुमति छ । गर्भपतनको अधिकारका साथै ट्रान्सजेंडर समुदायका लागि जीवन सजिलो बनाउने काममा उनी कटिबद्ध छिन् । उनले ओरेगोनियन सेना मेक्सिको–अमेरिकी सीमामा लैजान अस्वीकार गर्दै राष्ट्रपति ट्रम्पको कुख्यात मेक्सिको पर्खाल निर्माणलाई अस्वीकार गरिन् । उनले आप्रवासी रोक्ने नाममा गरिन थालेको सैन्यीकरणलाई अस्वीकार गरिन् । ब्राउनको अडान प्रायः कट्टरपन्थीको रूपमा मानिन्छ । ओरेगन संयुक्त राज्य अमेरिकाको सबैभन्दा उदार राज्य मध्ये एक मानिन्छ । -न्युजअफनेपाल /एजेन्सी