योगेश भन्छन्, ‘अब बधाई नदिनुहोला’

प्रकाशित मिति:

काठमाडौँ –  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अब बधाई तथा शुभकामना नदिन सबैलाई आग्रह गरेका छन् ।उनले मन्त्रालयको कार्यभार ग्रहण गरेसँगै कार्यव्यस्तताले गर्दा अपेक्षा अनुरुप समय उपलव्ध गराउन कठिनाई हुने उल्लेख गरेका छन् । त्यसैले आजै देखि शुभकामना तथा बधाईका लागि समय उपलव्ध गराउन कठिनाई हुने कुरा सबैसमक्ष अनुरोध गरेका छन् । उनले आफ्नो फेसबुकमा स्ट्याटस राख्दै आफूलाई विभिन्न माध्यमद्धारा बधाई तथा शुभकामना दिने सम्पूर्णमा कृतज्ञता तथा धन्यवाद ज्ञापन गरेका छन् ।

आफूलाई विश्वास गरेकोमा प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टीलाई कृतज्ञता व्यक्त गर्दै सबैको सल्लाह सुझाव लिएर कार्य गर्ने प्रतिबद्धता जनाए । त्यसैगरी, जनताको भरोसा र विश्वासलाई कुहिल्यै टुट्न नदिने भन्दै उनले शुभकामना र बधाई दिने क्रममा सार्वजनिक भएका केही तस्वीरलाई लिएर आफूप्रति अन्यथा नबुझिदिन समेत सम्पूर्णमा अनुरोध गरेका छन् ।