अथक योद्धा कमल पंगेनी : युवराज पाण्डेय

२० श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
496 Shares


युवराज पाण्डेय । स्याङ्जा जिल्ला साबिक खिलुङ देउराली गा बि स मा एक सामान्य किसान परीवारमा जन्मिएर ५६ बर्षको जिबनयात्रामा राजनीतिक क्षेत्रमा सदैब कृयाशिल हुदाकै समयमा आकस्मिक रुपमा अकल्पनीय निधन भयो कमल पंगेनीको । कमल पंगनी विद्यार्थि जिवनमै स्कुल पढ्दै नेपाल विद्यार्थि संघको राजनीतिमा सक्रिय भएर करिब चार दशक समाजसेवामै समर्पित हुनु भयो । आम नागरिक सरहको सामान्य जिवनयापन ,आरोरात्र खटिने क्रियाशिलता ,वुद्धिमतापुर्ण प्रस्तुती अनि सरल व्यबहार र प्रजातन्त्र प्रतिको अविचलीत निष्ठानै वहांका मुख्य जिवन मुल्य थिए भन्दा अतिसोयक्ती नहोला । एउटा सामाजिक राजनीतिक नेता ,कार्यकर्तालाई आई पर्ने साधन स्रोतको अभाव र पारिवारिक सामाजिक कठीनाईका वावजुद पनि संविधानसभा सदस्य सम्मको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्न सफल व्यक्ती हुनुहुन्थ्र्यो । जनता बिचमै रहने जनताका पिर मर्का र समस्याको समाधानका निम्ती अविछिन्न प्रयत्नशिल रहने उहांको बानी व्यवहारले पार्टी भित्र र आम जनतामा पनि लोकप्रिय हुनुहुन्थ्र्यो । आफु नरहेको र केही फरक कार्यक्षेत्र भएकाले २०६४ को संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ बाट झिनो मतान्तरले पराजीत भए बाहेक ठुलो पराजय नभोगेका उहांलाई २०७४ मंसीरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा उम्मेदवार वनाईनएपछी पराजय भोग्नुपर्दा अत्यन्त पीडा र दुख महशुस गर्नु भएको थियो । यद्धपी पराजयवाट पनी कत्ति विचलीत नभई पुर्ववतझै जिवनको अन्तीम समयसम्म पनी त्रियाशिल रहनु भयो । एउटा अविचलित र अथक राजनितीक योद्धाका रुपमा उहां सदैव समर्पीत रहनुभयो जुन वर्तमानका हामी राजनीतीकर्मी र भावि पुस्ताका लागी पनी उदाहरणीय र अनुकरणीय छ । उहांले राजनितीमा पद शान र सुख सुविधा भन्दा पनी सरलता र सेवालाई सधै जोड दिनु पर्दछ भन्नु हुन्थ्र्यो ।

निस्वार्थ सेवाभाव सहीतको समर्पण थियो उहांमा देश र जनताप्रति । जनता र नेता कार्यकर्ताको निम्ती सधै सहज पहुचमा हुने नेता हुनुहुन्थ्र्यो उहां । चाहे सामाजिक होस वा व्यक्तीगत नै किन नहोस समस्या ,पिर मर्कामा रहेकालाई पुर्ण साथ र सहयोग गर्ने बानी थियो उहांको तसर्थ घर परिवारलाई आवश्यक र पर्याप्त समय व्यवस्थापन गर्न अवश्य सक्नु भएन होला । कसैलाई आफ्नो र पराई नभनी निष्पक्ष रुपमा व्यवहार गर्ने गरेकाले नै सवै सामु प्रिय हुनुहुन्थ्र्यो उहां । जिवन जती समय जिवीत रहीन्छ लोक कल्याणमै समर्पीत रहनुपर्छ भन्ने मान्यतामा कतिवद्ध हुनुहुन्थ्र्यो उहां । घर परीवार र आफनो सुख सुविधा कहिल्यै प्राथमिकतामा रहेनन् उहांका । त्यसैलेनै मुत्यु पश्चात पनी कुनै बैक मौज्दात वा धन सम्पती जग्गा जमीन आदी भेटिएनन् । सांसदभई सक्दापनी उही पुरानै सामान्य र साधारण जिवनयापन गर्दै राजनीतीक यात्रामा कृयाशील रहीरहनु भयो । जनताको सेवा सुविधालाई केन्द्रमा राखेर स्याङ्जाको समग्र विकास र उन्नतीमा निरन्तर सकृीय रही नेतृत्व गर्नु भयो उहांले । पछील्लो दशकमा स्याङ्जामा केन्द्र र विभिन्न तहबाट भएका धेरै भन्दा धेरै विकास र पुर्वाधार निर्माणका काममा उहांको नेतृत्वदायी पहलकदमी थियो । कहिले नेपाली कांग्रेस स्याङ्जाको सभापतीको हैसीयतमा त कहीले संविधानसभा सदस्य वा सांसदको भुमीकामा । राष्टीय स्तरमा पनी निती निमार्णको तहमा आफ्नो स्पष्ट विचार प्रस्तुत गरिरहनु भयो उहांले । राजनीतीक पद र शक्तीलाई कहिल्यै दुरुपयोग गर्नु भएन बरु भरपुर उपयोग गरि सामाजिक कार्यमा समर्पीत सहनुभयो ।

आफ्ना पार्टीका नेता कार्यकर्ता माझ मात्र होईन भिन्न दल र विचार राख्नेहरु संग पनी सहजतापुर्बक व्यवहार गर्ने सहकार्य र सहमती गरी अगाडि बढ्ने परम्परा थियो । आफ्नै पार्टीका नेताहरुबिच पनी झगडा निम्त्याउने ,बढाउने भन्दा पनी समझदारी निमार्ण गर्ने प्रयास गर्नु हुन्थ्र्यो उहांले । त्यस्तै सामाजीक सद्भाव र हार्दिकताको पक्षपाती हुनुहुन्थ्र्यो उहां । कसैको समस्यालाई सानो नठान्ने अनि आफुलाई ठुलो हु भन्ने नसम्झने र साना तिना देखि ठुला ठुला समस्या र मागहरुको समाधानका लागी अहोरात्र पहलकदमी लिने स्वभाव थियो । जसले उहांलाई आम जनतासंग अत्यन्तै घुलमील र नजीक वनायो । विश्राम भन्ने शव्दावलीलाई कुनै स्थान थिएन उहांसंग र त अविराम सकृय रहनुभयो । यद्धपी घर परिवार र आफनो स्वाथ्यको वारेमा वेवस्था गर्नु भयो उहांले भन्छन् निकटजनहरु नियमीत गर्नुपर्ने कार्यहरु जस्तै भेटघाट मिटिङ कार्यक्रममा सहभागीता वाहेक पनी जनताका दु ख सुखमा साथ दिने उहांको चलन थियो । कोही विरामी परेको छ भेट्न जाने सक्दो मद्धत गर्ने परामर्श दिने शान्तवना र सहानुभुती दिने गर्नुहुन्थ्र्यो त्यस्तै कोही मुत्युवरण गरेको छ परिवारजनलाई समवेदना दिन पुग्ने र सम्भवै भएन भने टेलीफोन गर्ने लिखीत समवेदना पठाउने गर्नुहुन्थ्र्यो कसैको पुजा आजा विवाहा वर्तवन्ध आदी छ भने पनी यथासम्भाव सहभागी हुने गर्नुहुन्थ्र्यो उहां । ५६ वर्षको वयस्क उमेरमा पनी अत्यन्तै जोश जागर उर्जा र सौर्य थियो उहांमा । विचारमा लोकतन्त्रवादी भएझै व्यवहारमा समतावादी हुनुहुन्थ्र्यो उहां कुनै भेदभाव र पुर्वाग्रहविना व्यवहार गर्ने उहांको एउटा अर्को असल बानी थियो । पिछडीएको क्षेत्र र समुदायलाई समाजको मुल प्रवाहमा ल्याउन आवश्यक छ भनेर आफ्नो विचार अनि व्यवहार प्रस्तुत गर्नुहुन्थ्र्यो उहां । सामाजीक आन्दोलनबाट समाज रुपान्तरण नगरी लोकतन्त्र दिगो हुदैन भन्ने मान्यता अनुसार व्यवहार गर्नु हुन्थ्र्यो उहां ।

उहांको निधनको २,३ महीना अगाडी मात्रै यस्तै समभाव र व्यवहार सम्वन्धी विषयमा मेरो उहांसंग एउटा संवाद भएको थियो । म गुल्मी कांग्रेसको ५० दिने गांउ अभियानमा सहभागी भएर स्याङ्जा फर्कदै थिए ,विर्घामा आईपुग्दा नारायण पाण्डेय सरको निधनमा शोक समवेदना व्यक्त गर्न उहां पुग्नुभएको रहेछ केही नेताहरु समेत हामी गल्याङ सम्म संगै आयौ । प्रसङवस गुल्मीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा समेत हामी दलीत वस्तीमा बास बसेको उहांले थाहा पाउनु भएछ र त्यसै सन्दर्भमा उहाले सोध्नु भयो कस्तो रह्र्यो कार्यक्रम ,बसाई खानपीन आदी । मैले भने दलीत वस्तीमा दलका नेताहरु ब्राहमण क्षेत्री ,जनजाती आदीले बस्ने सहभोज गर्ने त अव सामान्यनै भैसकेछ यदपी त्यो ठांउमा भने नौलोनै रहेछ , फेरि वहांले सोध्नु भयो के गर्दा अझै उनीहरु संग भावनात्मक रुपमा नजीक हुन सकीन्छ मैले त्यही केही अगुवा दलीतहरुसंग सुनेको आधारमा गफगाफमै प्रतिकृया दिए । दलीतहरुकोमा जाने खाने वस्ने अव सामान्यनै लाग्न थालीसकेछ उनीहरुलाई पनी वरु दलीतहरुलाई व्राहमण वा उपल्लो जात भनिनेहरुले वोलाएर आफ्नो पाहुनाका रुपमा घरमै खाने बस्ने गर्नु वढी सान्दभीक र भावनात्मक हुने रहेछ दाई भनेर भन्दा उहांले अत्यन्तै ठीक भन्र्यो एक दीन कार्यक्रम मिलाएर यो कामको थालनी मैलेनै गर्छु भन्नु भएको कुारा सम्झीरहेको छु । त्यसको सायद तिन महीनापनी वित्न नपाउदै उहांको अकल्पनीय निधन भयो । यी र यस्ता तमाम विषय र प्रसंङहरु उहांसंगको भेटघाटमा धेरैनै हुने गर्दर्थे जुन यो एउटा आलेखमा विस्तृतमा समेट्न असम्भव नै छ । मैले मात्र उहांको सामाजीक दृष्टीकोण नयां युग सापेक्ष परिर्वतन र जनताका आकांक्षाहरुको सम्वोधन के कसरी गर्न सकीन्छ भन्ने कुरालाई चर्चा मात्रै गर्ने प्रयत्न गरेको छु । स्वर्गीय कमल पंगेनीको चर्चा चरित्र चित्रण एउटा किताबको केही पानामा सीमीत गर्ने दुस्साहस मैले गर्दीन ।

यहां मैले केवल उहांका केही विशेषताहरु गुणहरु आचरण बानी व्याहोरा र स्वाभावहरुलाई चित्रण गरे र केही उहांको सामिप्यता रहंदाका संवाद र क्षणहरुलाई स्मरण गर्ने कोशिस मात्र गरेको छु । समग्रमा भन्नुपर्दा लोकतन्त्रीक समाजवादी विचारमा अडिग एउटा साधारण तर साहसी र निष्ठावान राजनितीकर्मी हुनुहुन्थ्र्यो उहां जसले सधै राष्ट्र र राष्ट्रीयतालाई केन्द्रमा राखेर आफु र आफ्नो परिवारको स्वास्थ्यलाई गौड मानेर जनता प्रति समर्पीत भएर अविचलीत अविछीन्न योगदान गर्नु भयो । आफ्नो स्वास्थ्यको अवस्थालाई पनी प्रवाह नगरी दिनरात जनताको सेवा सुविधा र हक अधिकारका लागी अथक संघर्षशिल रहनुभयो जुन सींगो नेपाली कांग्रेस र स्याङ्जा कांग्रेसका लागी सदैव स्मरणीय र उल्लेखनीय रहीरहनेछ । एउटा लोकतन्त्रवादी सीपाहीका नाताले उहांको छोटो तर जुझारु र अविश्रान्त जिवनयात्रावाट म र हाम्रो पुस्ताले अनुकरण अनुसरण गर्नुपर्ने सयौ सयौ सत्कर्म र विचार हरु छन् त्यो सार्थक वनाउन सकेमात्र उहाप्रति सच्चा श्रद्धान्जली हुनेछ ।
युवराज पाण्डेय नेविसंघ पुर्व केन्द्रीय सदस्य , कालीगण्डकी गाउपालीका वडा नं ३

फेसबुकबाट तपाईको प्रतिक्रिया