समाजवादीमा प्रदेश समिति सदस्यहरु चयन

प्रकाशित मिति:

बुटवल, २० साउन । समाजवादी पार्टी ५ नं. प्रदेश समायोजनका क्रममा रिक्त ३८ जना प्रदेश कमिटी सदस्य मध्ये ३० जना चयन भएका छन् । पार्टी प्रदेश कार्यालयको निर्णय अनुसार ३० जना सदस्य चयन भएका हुन् । जसमा (नवलपरासी पश्चिमबाट सुनिता यादव र मनु पाल, गुल्मीबाट तेजेन्द्र थापा, राजेन्द्र जि सी, अर्घाखाचीबाट गोकणर््ा थापा, पाल्पाबाट घनश्याम पोखरेल चयन भएका छन् ।

यस्तै रुपन्देहीबाट देवेन्द्र पाण्डे (सागर), बिमल गिरी, पंकज राई, पुरन यादव र तेजकुमार घिमिरे, कपिलवस्तुबाट गिता तिवारी, मो. तोफीक खाँ, सन्तोष पाण्डे चयन भएका छन् । बर्दियाबाट विपिन पौडेल, नैन सिंह ओली, राजकुमार यादव, लिला भट्टराई,बांकेबाट हिक्मत बि क, मो.अफ्तर खाँ, बिरेन्द्र पुन, कृष्ण कुमारी भण्डारी, प्युठानबाट दान बहादुर बस्नेत,रोल्पाबाट रामसिंह बाठा मगर, रुकुम पुर्वबाट उपेन्द्रलाल कामी तथा दाङबाट सुरेन्द्र चन्द, एकराज चौधरी, प्रकाश बिष्ट, जिवन भण्डारी, यमुना भट्टराई चयन भएका छन् । रिक्त ८ सदस्य छिटै पदपुर्ति गर्ने निर्णय भएको समाजवादी पार्टी प्रदेश ५ का मुख्य सचिव यञ पोखरेलले जानकारी दिए । तत्कालीन संघीय समाजवादी फोरम र नयां शक्ति पार्टीबीच एकीकरण पछि बनेको ९९ सदस्यीय प्रदेश समितिमा अध्यक्ष अशोककुमार यादवसहित ५७ जना तत्कालीन फोरम र मुख्य सचिवसहित ४२ जना नयां शक्तिबाट रहेका छन् ।