लिन्च स्टकमा शेयर बजार बारे अन्तरवार्ता

प्रकाशित मिति:

झविन्द्र देवकोटा  बुटवल, २० साउन । लिन्च स्टक मार्केट लिमिटेड बुटवल शाखाले महिलाहरुलाई पनि शेयर बजारमा पनि आर्कषण गर्नका लागि अन्तर्वाता कार्यक्रम गरेको छ । महिलाको सहभागिता शेयर बजारमा कमि देखिएका र शेयर बारे जानकारी गराउन र बुझाउनका लागि लिन्च स्टक मार्केट लिमिटेडले अन्तरर्वाता कार्यक्रम गरेको हो ।

लिमिटेडका शाखा प्रमुख सोनम पाठकको अध्यक्षतामा भएको कार्यक्रममा इन्भेष्टर फोरम प्रदेश ५ का अध्यक्ष कमल तिवारी, बुटवल महिला जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेल, महिला उद्यमी राधिका पोखरेल, अक्षर एकेडेमीका प्रिन्सिपल रुपा श्रेष्ठ पाठक लगायतले महिलाहरुको शेयर बजारको क्षेत्रमा पनि उल्लेखनीय सहभागिता हुनु पर्ने उल्लेख गर्दै शेयर बजार र यसको कारोवारका बारेमा जानकारी हुनु पर्नेमा जोड दिएका थिए । लिन्च स्टकका मेरिना बर्माको संचालनमा भएको कार्यक्रममा शेयर बजार विज्ञ सन्तोषराज बजगाईले प्राईमरी शेयर बजार, सेकेण्डरी शेयर बजार, आईपीयोको प्रोसेस लगायतका बारेमा सहभागिसँग अन्तर्वार्ता गरेका थिए । कार्यक्रममा विभिन्न सामाजिक संघसस्था, शैक्षिकसंस्था, क्लवका पदाधिकारी तथा महिला उद्यमीहरुको सहभागिता रहको थियो ।