बार्सिलोना हरेक उपाधि जीत्ने गरी भिड्नेछ – मेस्सी

प्रकाशित मिति:

बुटवल – कप्तान लियोनल मेस्सीले नयाँ सिजनमा स्पेनिस महारथी बार्सिलोना नयाँ सिजनका सबै उपाधि हात पार्ने लक्ष्यसहित भिड्ने बताएका छन् । गएको सिजनमा कोपा डेल रे को फाइनल र च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित हुँदा उपाधिबाट टाढिएको बार्सिलोना यो सिजनमा अधिकाशं उपाधि हात पार्ने लक्ष्यमा रहेको छ ।

पछिल्ला बर्षहरुमा स्पेनको बलियो क्लबका रुपमा स्थापित बार्सिलोना युरोपमा आफ्नो प्रभुत्व जमाउन चाहन्छ । ‘मैले अघिल्लो सिजनमा जे भनेको थिएँ । त्यहीँ दोहोर्‍याउन चाहन्छु’, मेस्सीले भने, ‘हामी एक भएर अझै हरके उपाधिका लागि भिड्ने छौं ।’ मेस्सीले आफूहरुसँग नयाँ ‘आइडिया’ रहेको र त्यसको प्राप्तिका लागि उर्जासमेत रहेको बताएका हुन् । – एजेन्सी