जान्नुहोस् , यस्ता छन् खाली पेटमा कालो चिया पिउँदाका फाइदा

प्रकाशित मिति:

सामान्यतयाः बिहान खालीपेटमा मन तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर कतिपयको पानी पिउनुु अघि चिया पिउने बानी हुन्छ । यदी तपाईं पनि पानी पिउनु अघि चिया पिउनुहुन्छ भने अबदेखि कालो चिया पिउनुस् । किनकी खाली पेटमा कालो चिया पिउँदा स्वास्थ्यका लागि विभिन्न फाइदा पुग्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

खाली पेटमा कालो चिया पिउँदाका फाइदा कालो चियामा पाइने एन्टी अक्सिडेन्टले तपाईंलाई छिट्टै बुढोपन देखिनबाट समेत जोगाउँछ । कालो चियामा एन्टी अक्सिडेन्ट पाइने भएकाले त्यसले तपाईंको शरिरलाई स्वस्थ बनाई रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी गर्छ ।
चिकित्सकहरुका अनुसार, दिनहुँ कालो चिया पिउने बानी छ भने त्यसले मुटुजन्य रोगलाई समेत बचाउँछ । कालो चियाको नियमित सेवनले क्यान्सर हुनबाट समेत बचाउँछ । यदि तपाईंको शरीरको पसिना गन्हाउने समस्या छ भने नियमित कालो चिया सेवन गर्नुहोस् त्यसले कम गर्छ ।