यस्तो छ वेदमा पञ्चामृतको महिमा

प्रकाशित मिति:

काठमाडौँ –पाँच पदार्थले बनेको, पाँचवटा अमृतको समुह ९गाईको दुध, मह, घ्यु र सक्खर० को मिश्रणलाई पञ्चामृत भनिन्छ । सनातन धर्मालम्वीहरुको पूजा र विभिन्न कर्मकाण्डमा पञ्चामृत आवश्यक पदार्थ मानिन्छ ।पाञ्चायन अर्थात् शिव, बिष्णु, गणेश, देवी र सुर्यको पुजामा पञ्चामृतको प्रयोग गरिन्छ । पञ्चामृतले देवमूर्ति स्नान गराउने र नैवेद्यको रुपमा अर्पण गर्ने चलन प्राचीन हो । घर वा मन्दिरमा स्थापना गरिएका भगवानका मूर्ति, शालिग्राम, मुख वा सादा लिंग सवैमा नित्य वा विशेष पुजामा पञ्चामृत अर्पण गरिन्छ ।

भगवानलाई अर्पण गरेर नैवेद्यको रुपमा पञ्चामृत भक्तहरुले आँखा र अनुहारमा लगाउने र खाने गर्दछन् । देवता नुहाएर बाँकी रहेको शेष महाप्रसादको रुपमा पिईन्छ । गोठ, घर र आफ्नै शरिर शुद्ध गर्ने क्रममा पञ्चामृतको प्रयोग गरिन्छ ।सनातन धर्मालवलम्बीहरु गाईको गहुँत ९गा­मुत्र० र गोवरलाई पवित्र मान्दछन् । त्यसैले पञ्चगव्यमा दुध, दहि, घ्यु सँगै गाईको गहुत र गोवर मीसाईन्छ । घर, गोठ र परिवारका सम्पुर्ण सदस्यलाई चोखो बनाउन पञ्चगब्यको प्रयोग छर्ने र खाने गरिन्छ ।

पञ्चगब्य बनाउँदा कति मात्रामा कुन कुन वस्तु मिसाउने भन्ने विवरण विभिन्न ग्रन्थहरुमा पाईन्छ । पाँचौ पदार्थ बरावर वा दुध र दही भन्दा घिउ गोवर र गहुँत आधाभाग मात्रै मिसाउने निर्देशन पनि पाईन्छ ।सान्तपनकृच्छ व्रतहरुमा बनाईने पञ्चगव्यको प्रकारवारे पनि शास्त्रमा उल्लेख छ । राती गाईको गहुँत, सेती गाईको गोवर, पँहेली गाईको दुध, नीली गाईको घिउ, यी सबैलाई कपिलाको पञ्चगव्य जान्नु । यसरी पञ्चगव्य बनाउने विधान शास्त्रहरुमा विविधरुपमा पाईन्छ । पञ्चामृतमा केरा, मखना, तुलसी पत्र वा वेलपत्र पनि हाल्ने चलन छ ।पञ्चामृतको प्रसंगमा पञ्चगव्यको उल्लेख पनि आवश्यक भएकोले संक्षेपमा चर्चा गरिएको हो ।