भगवानलाई चढाएको फूल ओइलाएपछि कसरी फाल्ने

प्रकाशित मिति:

एजेन्सी –भगवानका प्रतिमा र मूर्तिमा फूल चढाउने परम्परा छ । फूल चढाउँदा भक्तको मनोकामना पूरा हुने मान्यता छ ।त्यही मान्यताका कारण मानिसहरू घरमा बनाएको मन्दिरमा पनि यो पुण्यकर्म गर्छन् । चढाएको फूल दुईतीन दिनमा ओइलाइजान्छ ।ओइलाएको फूल नदी वा तलाउमा बगाउने गरिन्छ । तर त्यसो गर्नु हुँदैन । नदी वा जलाशयमा कुहिएको फूल हाल्दा फोहर हुन्छ ।

भगवानलाई चढाएको फूल ओइलाएपछि मन्दिरबाट हटाएर आफ्नो निधारमा टाँस्नुपर्छ अनि घरको आँगनमा तुलसीको बिरुवा वा कुनै मन्दिर परिसरमा रहेको रुखको फेदमा राख्नुपर्छ फूलको अपमान नहुने ठाउँमा राख्नुपर्छ । कसैको पनि गोडाले नकुल्चोसे भनी होश गर्नुपर्छ ।रुखमुनि ओइलाएको फूल राख्दा मलखादका काम गर्छ । त्यसबाट रुखबिरुवाले पोषक तत्त्व पाउँछ ।भगवानलाई अर्पित गरिएका सबै वस्तु पवित्र हुन्छन् र यिनलाई अपमान गर्नु हुँदैन । अपमान गर्दा पूजापाठको शुभ फल प्राप्त हुँदैन ।भगवानलाई चढाएको प्रसाद पनि लामो समय राखिरहनु हुँदैन, भक्तहरूलाई बाँड्नुपर्छ । प्रसाद बाँकी रह्यो भने बिग्रनुअघि नै कुनै गाई वा कुकुरलाई खुवाउनुपर्छ ।