उत्तर कोरियाले श्रृखलाबद् रूपमा चौंथो पटक गर्यो नयाँ क्षेप्यास्त्र परीक्षण

प्रकाशित मिति:

दक्षिण कोरिायली सेनाले जनाए अनुसार उत्तर कोरियाले गत दुई हप्ताभित्र नै श्रृखलाबद्वरुपमा चौँथो क्रममा अपरिचित क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाको संयुक्त चीफ अफ स्टाफका अनुसार उत्तर कोरियाले आज दक्षिण हांगाइ प्रायद्विपबाट पूर्वी समुन्द्रमा मिसाइल हानेको हो ।

उत्तर कोरियाले ट्रम्पसँग भेटवार्ता गरेपछि पहिलो पटक जुलाई २५ मा ७९० किलोमिटर दुरिको क्षेप्यास्त्र परिक्षण गरेको थियो । त्यसपछि गत बुधबार उस्ले ३० किलो मिटरमाथिबाट २५० किलोमिटर टाढाको क्षेप्यास्त्र परिक्षण गरेको थियो । गत शुक्रबार समेत जापानी समुन्द्रमा २२० किलोमिटर दुरिको क्षेप्यास्त्र हानेको थिउत्तर कोरिया अमेरिका र दक्षिणको कोरियाको संयुक्त सैन्य अभ्यासको कुरालाई लिएर आक्रोशित बनेको छ ।