बार्सिलोनाका कप्तान लियोनल मेस्सी घाइते

प्रकाशित मिति:

एजेन्सी –बार्सिलोनाका कप्तान लियोनल मेस्सी घाइते भएका छन् । भर्खरै मात्र क्लबको प्रशिक्षणमा आएका कप्तान मेस्सी प्रशिक्षणको क्रममा सोमबार घाइते भएका हुन् ।मेस्सीको दाँया खुट्टमा समस्या देखिएको बार्सिलोनाको अफिसियल साइटमा उल्लेख छ । मेस्सीले अब क्लबको संयुक्त राज्य अमेरिकाको भ्रमणका गर्ने छैनन्, बार्सिलोनामा नै रहनेछन्

मेस्सीले संयुक्त राज्य अमेरिका टुरमा बार्सिलोनाले खेल्ने खेलहरु गुमाउनेछन् । बार्सिलोनाले यूएस टुरमा नेपोलीविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ । क्लबले अमेरिका प्रस्थान गर्ने टोली पनि घोषणा गरिसकेको छ ।क्लबका अनुसार मेस्सीले अब प्रशिक्षणमा पनि सहभागीता जनाउने छैनन् ।नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न भएको खेलमा इंग्लिस क्लब आर्सनललाई हराउँदै बार्सिलोनाले ग्याम्पर ट्रफी फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । उक्त खेलमा मेस्सीलाई मैदानमा उतारिएको थिएन ।