पोर्चुगलमा निधन भएका एक नेपालीको शव घर पठाइयो

प्रकाशित मिति:

रासस लिस्बन। पोर्चुगलमा निधन भएका एक नेपालीको शव घर पठाइएको छ । रौतहटको चन्द्रनिगाहपुरका ३५ वर्षीय रामबहादुर बस्नेतको शव सोमबार नेपाल पठाइएको उनका काका गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका उपाध्यक्ष भुपेन्द्र बस्नेतले बताएका छन् ।

रोजगारदाता कम्पनीको खर्च व्यवस्थापनमा शव नेपाल पठाइएको उहाँले बताउनुभयो । पेटमा सामान्य समस्या देखिएपछि बेजास्थित शान्तियागो अस्पताला भर्ना गरिएका बस्नेतलाई चिकित्सकले गम्भीर प्रकृतिको क्यान्सर भएको बताएका थिए । तीन साताको उपचारपछि बस्नेतको बुधबार राति निधन भएको हो । बस्नेत वैदेशिक रोजगारीका सिलसिलामा चार महीना अगाडि पोर्चुगल आएका थिए । उनी यहाँस्थित जम्बुुजिरामा रहेको ‘पिसफुल प्लानेट’ कृषि कम्पनीमा कार्यरत थिए ।