जोडिएका जुम्ल्याहालाई अलग बनाईयो

प्रकाशित मिति:

ढाका एजेन्सी । हंगेरीका शल्य चिकित्सकले ३० घन्टालामो शल्यक्रियापछि टाउको जोडिएका जुम्ल्याहको खप्पर र मस्तिस्कलाई सफलतापुर्वक अलग गरेका छन् । बंगलादेशका जुम्ल्याहा दिदि बहिनी राबिया र रुकया तीन महिना अगाडी जन्मेका थिए ।

यस प्रकारको समस्या ५० देखि ६० लाख नवजात शिशुमध्य एकमा हुने अुनमान गरिएको छ । उक्त शल्यक्रिया गर्ने एक्सन फर डिफेन्सलेस पिपुल फाउन्डेसनका न्युरोसर्जन एन्ड्रास सेसोकेले बच्चाहरुको स्थिति स्थिर रहेको जानकारी दिए । सल्यक्रिया ३५ जना सल्य चिकित्सकहरुको टोलीले गरेको बताइएको छ ।