दुखद खबर मोरङमा आगलागी, तीन घर जलेर नष्ट

प्रकाशित मिति:

मोरङ-मोरङको लेटाङ नगरपालिका वडा नम्बर ३ मा आज बिहान भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका छन् ।बिहान ५ बजेबाट शुरु भएको आगलागीबाट स्थानीय मेषबहादुर विक, डोलप्रसाद मगर र भक्तबहादुर राईको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट ५० लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको बताइएको छ ।आगलागीबाट सबै अन्नपात, लत्ताकपडा, नगदसमेतका सरसामान जलेर नष्ट भएको छ । आगलागी स्थानीयबासी र सुरक्षाकर्मीले एक घन्टामा नियन्त्रणमा लिएका थिए । बिजुली सट भएर आगलागी भएको इप्रका लेटाङले जनाएको छ । आगलागीमा परी काठमा दोमल्ले घर जलेका हुन् ।

थप समाचार