स्कुल बस खाल्डोमा खस्दा ९ बालबालिकाको मृत्यु

२१ श्रावण २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी –भारतको उत्तरी राज्य उत्तराखण्डको तेहरी गर्हवालमा जिल्लामा एक विद्यालयको बस खाल्डोमा खस्दाँ कम्तीमा ९ बालबालिकाको मृत्यु भएको छ । सो घटनामा अन्य १० जना घाइते भएको स्थानीय प्रहरी स्रोतले जनाएको खबर अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

तेहरी गर्हवाल जिल्लाको कङ्गसाली गाउँको मदान नेगी रोडमा स्थानीय समयानुसार ७ः३० बजे सो घटना भएको थियो ।एन्गेल पब्लिक स्कुलको घाइते भएका विद्यार्थीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइते भएका बालबालिकालाई हेलिकोप्टरबाट सो राज्यको क्रृषिकेश शहरमा ल्याउने कोशिष जारी रहेको बताइएको छ ।

बस खाल्डोमा खसेर घाइते भएका ती बालबालिकालाई राज्यको प्रकोप व्यवस्थापन निकायले उद्धार गरी स्थानीय अस्पताल पु¥याइएको छ । उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिभेन्द्र सिंह रावतले यस घटनाप्रति गहिरो दुख व्यक्त गर्नु हुदै यस घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया