जम्मू कश्मीर पूर्णरुपमा बन्द

प्रकाशित मिति:

एजेन्सी –जम्मू कश्मीरलाई स्वायत्तताको अभ्यासका लागि प्राप्त विशेष राज्यको संवैधानिक दर्जा केन्द्र सरकारको हटाउने निर्णयपछि कश्मीर पूर्णरुपमा बन्द छ । आइतवार काटिएको टेलिफोन र इन्टरनेट बन्द छ र हजारौंको संख्यामा सैनिकले सडकहरूमा गस्ती गरिरहेका छन् ।

कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा हटाइएपछि सो राज्यमा ठूलो मात्रामा विरोध हुने अनुमान गरिएको थियो, तर यस्तो अवस्थामा कश्मीरका जनताले कसरी प्रतिक्रिया जनाइरहेका छन् भन्ने बारेमा समेत जानकारी प्राप्त हुन सकेको छैन । र, स्थानीय नेताहरूलाई आफ्नै घरमा नजरबन्दमा राखिएको छ ।कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूभागको रुपमा दाबी गर्दै आएका छन् तर दुवै देशले कश्मीरको केही भाग मात्र आआफ्नो नियन्त्रणमा राखेका छन् । यता अमेरिकाले कस्मिर सम्बन्धी गतिविधि नजिकबाट नियालेको जनाएको छ । अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले आफूले नियन्त्रण रेखामा सबै पक्षसँग शान्ति र स्थिरता बनाइराख्न अपिल गरेको बताएका छन् ।