‘सामसुङ’ले एकसाथ दुई स्मार्टफोन सार्वजनिक गर्दै, यस्ता छन् फिचर्स

प्रकाशित मिति:

एजेन्सी –विश्वमै सर्बाधिक विक्री हुने स्मार्टफोन ‘सामसुङ’ले पहिलो पटक दुई ग्यालेक्सी नोट डिवाइसेज ‘ग्यालेक्सी नोट १०’ र ‘ग्यालेक्सी १० प्लस’लाई न्युयोर्कमा सार्वजनिक गर्दैछ । ७ अगष्ट अर्थात भोलि सार्वजनिक हुँदै गरेको यी दुई स्मार्टफोनको पर्फमेन्स र प्रोडक्टिभिटी अघिल्लो स्तरसम्म जानेछ ।

यता विश्वमै महंगो स्मार्टफोनको रुपमा आफ्नै ब्राण्ड बनाइसकेको कम्पनी एप्पलले पनि छुट्टीको सिजनमा नयाँ आइफोन सार्वजनिक गर्ने योजना बनाएको छ । भोलि सार्वजनिक हुँदै गरेको सामसुङको दुवै डिभाइसेजमा फ्रन्ट फेसिङ क्यामेरा डिस्प्लेभित्रै हुने बताइएको छ । साथै दुवैमा ट्रिपल रियर क्यामेरा हुनेछ ।‘ग्यालेक्सी नो १०’मा ४,३०० एमएएचको ब्याट्री हुनेछ, जसले फास्ट चार्जिङको लागि सपोर्ट गर्नेछ । त्यस्तै अर्को डिभाइसमा ३,५०० एमएएचको ब्याट्री हुनेछ । एस पेन ९स्टाइलिश पेन०मा एयर एक्शंस फिचर हुने सम्भावना छ, जसबाट युजर्सको तस्वीर लिन र पावर पोइन्ट प्रेजेन्टेशन बनाउन कुल ट्रिक्स पर्फम गर्न मद्दत गर्नेछ ।यस स्मार्टफोनको सुरुआती मूल्य ९४९ अमेरिकी डलरको आसपासमा हुनेछ । तर आधिकारिक मूल्यको बारेमा कुनै जानकारी भने गराइएको छैन ।