आज राति १२ बजेबाट पेट्रोल र डिजेलको मूल्य बढ्ने, ग्यासको मूल्य घट्ने

२१ श्रावण २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
41 Shares


काठमाडौँ –नेपाल आयल निगमले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ ।नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले पेट्रोल तथा डिजेलरमट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर १ रुपैयाँ, र ५० पैसाले वृद्धि हुने जानकारी दिए । एलपी ग्यासमा भने २५ रुपैयाँ घताइएको गोइतले बताए ।

आयल निगमको उक्त निर्णयअनुसार जसअनुसार काठमाडौ ९थानकोट डिपोबाट १५ कि।मि। क्षेत्रभित्र०को पेट्रोलको नयाँ विक्री मूल्य रू १ सय ९ र डिजेल मट्टीतेलको मूल्य रू ९७ हुनेछ भने एल।पि। ग्यासको खुद्रा मूल्य रू १३ सय ७५ हुनेछ ।गोइतले हवाई ईन्धनको विक्री मूल्य यथावत राखिएको बताए ।निगमले आर्थिक वर्ष २०७५र७६ मा एलपि ग्यासमा करीब ६ अर्व नोक्सानी व्यहोरेको थियो, जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।यसरी मूल्य समायोजन गरे पश्चात् पनि विरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रति लिटर क्रमश १४ दशमलव ३७ रुपैयाँ र १५ दशमलव ४७ सस्तो हुने अवस्था रहने गोइतले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया