बालुवाटारस्थित सुबिसुको भवनमा भीषण आगलागी

प्रकाशित मिति:

काठमाडौँ –बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक सुबिसु कम्पनीको मुख्य कार्यालय भवनमा भीषण आगलागी भएको छ । बालुवाटार चोक नजिकै रहेको भवनमा आगलागी भएको हो।काठमाडौँ महानगरीय प्रहरीले जनाएअनुसार घटनाबाट ठुलो क्षति भएको अनुमान गरिएको छ । पेट्रोल राखिएको स्थानबाट इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालय रहेको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ । मध्यान्ह १२ बजेर ४० मिनेटदेखि आगो सुरु भएको र आगो नियन्त्रणमा लिन काठमाडौँ र ललितपुरसहितका दमकल त्यहाँ छन् । घटनाबारे थप विवरण आउँन बाँकी छ ।