डाक्टरहरुको खेल मोह : कोहि पौडिन्छन् , कोही दौडिन्छन्

प्रकाशित मिति:

दिपक न्यौपाने – श्रीमती डा. बिनीता भटराइले बालरोग बिशेषज्ञ डा. सन्तोष प्रोख्रेललाइ प्राय अस्पताल र क्लिनिकबाट फर्किने बेला फोनमा सोधी हाल्छिन – कहा आइपुग्नु भो हजुर ? साझको बेला कामबाट घर फर्कन नपाउदै आएको फोन डा. सन्तोषले आउदै छु भन्दै झ्याप्प काट्छन र क्लब डेनेभोको झन्डै १० फुट गइराइको स्विमिङ पुलमा हाम फाल्न भ्याइहाल्छन ।  बिरामी कम भएको दिनमा त उनी १ घण्टासम्म पनी स्विमिङमा मज्जाले रमाउछन । शरिर फुर्तिलो र स्वच्छ बनाउन उनले ब्यस्त समयका बाबजुतपनी शारीरिक कसरतलाइ ध्यान दिने गरेको सबलपोस्टलाइ बताए ।  डा. सन्तोषमात्र होइन डा. मनोज ढुङगाना पनी दिनको एक घण्टा फुर्तिलो शरिरका लागी टेनिसमा बिताउछन । बुटवलमा टेनिस खेलको शुरुवात भएदेखी नै उनले आफ्नो खेललाइ पनी निर्खादै लगेका छन ।

लन टेनिस खेल्दै आएका उनी पछिल्लो समय सफ्ट टेनिस खेलतर्फ आर्कषीत भएका छन । हाल उनी सफ्ट टेनिस सघं रुपन्देहीका अध्यक्ष पनी हुन । हालसम्म निरोगी डा मनोज खेलको माध्यमबाट धेरै स्फुर्ती आउने गरेको सुनाउछन । ढुगाना र प्रोख्रेलजस्तै मणिग्रामका डा. लक्ष्मण दुबे बिहानको १ घण्टा जगिङ गरेर बिताउछन । अरुलाइ रोग निको पार्ने आफै रोगी भैयो भने दुख होला नी , डा. दुबे आफै प्रतीप्रश्न गर्दै भन्छन – त्यसैले भ्याएसम्म नियमीत रुपमा हिड्ने,दौडने गर्दछु । ” क्रिक्रेट खेलमा औधी रुचि भएका दुबेलाइ अहिलेसम्म कुनै रोग देखा परेको छैन । क्रिमशन अस्पताल मणिग्राम र बुटवल मुटु क्लिनिकमा आबद्ध उनी ४ दशक पुग्न केहिमहिना मात्र बाकी रहेको बताउदै बिधार्थी कालमा आफै पनी खेलाडी रहेको बताए । अधिकाश अहिलेका नया डाक्टरहरु भने जिम तथा हेल्थ क्लबहरुमा भेटिन्छन । नाक ,कान घाटी रोग बिशेषज्ञ डा प्रकाश बस्नेत नियमीत जिम धाउछन । यता अरुका लागी समयदिने केहि डाक्टरहरु भने आफ्ना लागी सयम छुटटाउदैनन । डा. शर्मिला शर्मा बिहान देखी अबेरसम्म बिरामीको हेरचाहमै हुन्छिन । तपाइ कत्तिको ब्यायाम गर्नुहुन्छ ? संवाददाताको प्रश्नमा उनी हास्दै भन्छिन – नाइ गर्दिन । अक्कल झुक्कल योगा गर्नु बाहेक मेरो त्यस्तो खास स्पोर्टसतर्फ मोह भने छैन । यदपी मैले खानाको डाइट मिलाएर आफुलाइ अहिलेसम्म मेन्टेन गर्न सफल भएकी छु । ” त्यसो त रुपन्देहीका अधिकाश डाक्टरहरु समय नपाउने कारण फिजिकल एक्सरसाइजतर्फ ध्यान दिन नसकेको स्विकार्छन । चर्को कामको प्रेसर र खटाइले गर्ने पर्नै शारीरिक कसरत गर्न नसकेको डा. दिपेन्द्र प्रोख्रेल बताउछन ।

अधिकाश डाक्टर आफै रोगी   अरुलाइ स्वच्छ हुनुपर्छ भन्दै सरसल्लाह दिने रुपन्देही आसपासका नाम चलेका डाक्टरहरु आफै रोगी छन । बुटवलमा चलेका डाक्टर नन्दु पाठक यसका जल्दाबल्दा उहाहरण हुन । उनी उमेरले भर्खरै ४० लागेका र ६२ केजी तौल भएका पाठकले बिगत १० बर्षदेखी प्रेसरको औषधी नियमीत रुपमा खाने गर्छन । एम.डी.को अन्तिम बर्षदेखी नै उनले औषधी खान थालेका हुन । आमालाइ पनी प्रेसर भएका कारण यो जेनेटिक भएको उनी बताउछन । हाल उनले ४० एम.जीको औषधी खाइरहेका छन । लुम्बिनी प्रादेशीक अस्पताल र बुटवल हस्पिटल प्रालीमा आबद्ध रहेका उनी बिहान ७ बजेदेखी राती १२ बजेसम्म पनी बिरामी कै हेरचाहमा खटिन्छन । डा नन्दुलाइ पनी नियमीत रुपमा ह्याबी एक्सरसाइज गर्ने चाह छ तर उनलाइ समय नै मिल्दैन । रोग लाओस त यो धर्तिमा कस्ले भन्छ होला र ? सबलपोस्टसग गफिदै पाठक भन्छन – तर बिहान देखी साझसम्म काम गर्दा प्रेसर पर्छ । ” उनलाइ नियमीत स्विमिङ र जिम जाने फुर्सद नभएपनी १ घन्टा कम्तिमा बिहानमा जकिङ भने गर्छन । यस्तै डा. कृष्ण खनाल आफुलाइ सुगर प्रेसर लगायत धेरै रोग लागेको बताउछन । ६० बर्ष पुग्न आटेका उनी जेनेटिक कारण आफु पनी रोगको सिकार भएको स्विकार्छन । त्यसो त उनी ब्यायाम र एक्सरसाइजलाइ त्यती धेरै प्राथमिकतामा राख्दैनन । भ्याएसम्म बिहान हिड्ने हो होइन भने झोला टिप्यो काम तिर दौडीयो , खनाल अगाडी थप्छन – तर हामी सबै डाक्टर नर्सहरुले आफ्नो हेल्थकोलागी बिहान अथवा साझ कम्तिमा १ घण्टा छुटाउदा राम्रो हुन्छ । ” यस्तै अर्का डाक्टर बिष्णु पौडेल पनी फिजिकलमा त्यती धेरै ध्यान नभएको र केहि रोगको आफु पनी सिकार भएको खुलाए । यता हेल्थ इन्सट्रक्टर बिनय श्रेष्ठ जस्तो सुकै ब्यस्त भएपनी जुनसुकै उमेर समुहका ब्यक्तिले नियमीत शारीरिक कसरत गर्न जरुरी रहेको बताउछन । लुम्वीनी दैनीकमा प्रकाशीत