कंचनमा घरजग्गा विहिनलाई घर हस्तान्त्रण

प्रकाशित मिति:

नरेश चौधरी सैनामैना, २२ साउन । कंचन गाँउपालिकाले घरजग्गा विहिनहरुलाई आज घर तथा जग्गा हस्तान्त्रण गरेको छ । घर र जग्गा नभएका सवै वडाका ५० परिवारहरुलाई एक–एक कट्ठा जमिन सहित २ कोठे घर हस्तान्त्रण गरेको होे । वडा नं। १ मा ५, वडा नं।२ मा ३०, वडा नं।३ मा ५, ४ मा ५, र ५ मा ५ वटा घर हस्तान्त्रण गरिएको गाँउपालिकाले बताएको छ । जसमा दालित समुदायका २५ र मुसहर समुदायका २५ परिवार सहित ५० परिवारले घर र जमिन पाएका छन् ।
सो अवसरमा प्रमुख अतिथी रहनु भएका ने।क।पाका राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टाराईले दुई तिहाईको ने।क।पा।को सरकारले समृद्धि बोलिमा मात्र सिमित नराखेर ब्यवहारमा नै लागु गरि विकास निर्माणका काम संग–संगै घरबार विहीनहरुलाई पहिचान गरि उनीहरुलाई गास, बास, कपासको व्यवस्था गर्ने र जिवनस्तर उठाउने खालका योजना अगाडि बढाएको बताउनु भयो । साथै उहांले यस कार्यक्रम देशै भर गरिने जानकारी दिनु भयो । प्रदेश ५ ने।क।पाका प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य भुमिश्वर ढकालले सरकारले जनतालाई महसुस हुने खालका कार्यक्रम गर्न लागिएको उल्लेख गर्नु भयो । कंचन गाउपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले चुनावमा वाचा गरे अनुसार काम गरि रहेको उहांको भनाई थियो । विकासका कार्यमा सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गरे गाउँपालिकाको विकास राम्रो हुने बताउनु भयो ।

संघिय सरकार, तराई मधेस समृद्धि कार्यक्रम र कंचन गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न भएका बस्तीको ५० वटा घर निर्माण एक करोड दश लाख कुल लागत रहेको कंचान गाँपालिकाका प्रमु्ख प्रसशाकिय अधिकृत कृष्ण प्रसाद पन्थीले बताउनु भयो । गाउँपालिका उपाध्यक्ष गोमा तरामु मगर, प्रम्ुख प्रसशाकिय अधिकृत कृष्ण प्रसाद पन्थी लागएतले कंचान गाँउपालिकाको विकासका लागि आफुहरु दिनरात जनताको सेवामा लागि परेको बताउनु भयो ।

कंचन गाउँपालिकाको भवन शिलान्यास यसैविच आजै कंचन गाउँपालिकाको भवन शिलान्यास गरिएको छ । कंचन २ वेवरीमा बन्न लागेको भवनको शिलान्यस गरिएको हो । ने।क।पाका राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टाराईले सो भवनको शिलान्यास गर्नु भएको हो ।५ करोड ३ लाख २१ हजार ९ सय पच्चिस रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको ईन्जिनियर स्मृत थापाले जानकारी दिनु भयो । कुल एक विगहा क्षेत्रफल रहेको जग्गाको २४ धुरमा सो भवन निर्माण हुने छ । हलसहित ३९ वटा कोठाको भवन ४ तल्ले बनाईने छ ।भवन निर्माणको जिम्मा सि।एन।सी।, सृजनसिल र ज्ञान ज्योति कन्ट्रक्सनले पाएका छन् । २ वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको गाँउपालिकाले बताएको छ ।शिलान्यास कार्यक्रममा ने।क।पाका राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टाराई, प्रदेश ५ ने।क।पाका प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य भुमिश्वर ढकाल, गाँउपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री, उपाध्यक्ष गोमा तरामु मगर, प्रमुख प्रसशाकिय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा अध्यक्ष तथा जनप्रतिनिधि विभिन्न राजनितिक दल, संघ सस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगाएत स्थानियहरुको उपास्थिति रहेको थियो ।