विनय अधिकारी आइसीसी सचिव पदमा उमेदवारी घोषणा

प्रकाशित मिति:

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको ९औँ महाधिवेशन आउँदो अक्टोबरको मध्यतिर काठमाडौंमा हुँदैछ । महाधिवेशन आउन करिब ३ महिना बाँकी रहेका बेला उम्मेदवारी घोषणा हुने क्रम सुरु भइसकेको छ । बेलायतमा रहेर विभिन्न व्यवसाय, पत्रकारिता र समाज सेवामा सक्रिय रहेका एनआरएन यूकेका उपमहासचिव विनय अधिकारीले आइसीसी सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरे ।

एनआरएनमा सक्षम नेतृत्व, साझा प्रतिनिधित्व, पारदर्शीता, जवाफदेहिता तथा समावेशिता, सामूहिक एकता, सबै नेपाली बीच एकता हुनुपर्छ भन्ने विचार राख्ने उनी एनआरएनए यूकेको २०१७–२०१९ कार्यकालको लागि उपमहासचिवमा निर्वाचीत भएका थिए । विगत लामो समयदेखि प्रवासमा रहँदा विभिन्न संघसंस्थामा क्रियाशील रहेकाले सन् २०१३ साल साधारण सदस्य लिएर खुलेर एनआरएनएमा सक्रिय रहेका पाएको विश्वासले २०१७ देखि २०१९ कार्यकालमा यूकेमा उपमहासचिवमा निर्वा्चित भएको र त्यो विश्वासलाइ अझ उचाइमा लिएर जान केन्द्रमा आफ्नो उपस्थिति आवश्यकता रहेको उनको भनाइ छ ।

एनआरएनमा उनलाई चुनावी प्रतिबद्धताजस्तै धेरै क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएका अधिकारी चितवन एड ट्रस्टमा रहेर महत्वपूर्ण भूमिका र संस्थाको चाम् बढाउने काममा पनि सक्रिय थिए । उनी २०१५ देखि आबद्ध भई ग्लोबल गोर्खा समाज नेटवर्कमा पनि आवद्ध छन् । सामिजिक काम गर्न रुचि राख्ने अधिकारी विभिन्न रुपमा थुप्रै सामाजिक योगदान गरेका छन् । उनले विशेष गरी एनआरएन यूके सदस्य विस्तारको महाअभियान सफल पार्दै स्मार्ट एण्ड डिजिटल एनआरएन बनाउने अभियानअन्तर्गत १० हजारलाई पञ्जीकृत सदस्य बढाउने अभियान थालनी गरेका थिए ।