त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत पराजुली पक्राउ

प्रकाशित मिति:

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अध्‍यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

श्रम स्विकृति नलिई कतार, दुवईलगायतका मुलुकमा जाने विचौलिया समेतको मिलेमतोमा प्रस्थान अनुमति दिने र प्रस्थान अनुमति दिएको अभिलेखसमेत नराखी डिपार्चर स्ट्याम्प लगाइदिने कार्यमा संलग्न रहेको आरोपमा पराजुली पक्राउ परेको अख्तियारले जनाएको छ । बिचौलियाबाट आर्थिक लाभ लिएको भन्ने कसुरमा उजुरी परेकाले पक्राउ परेका पराजुलीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।