तनहुँ – नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले नेपाली काँगे्रस सधैँ धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । तनहुँमा आयोजित एक कार्याक्रममा उनले उक्त कुरा बताएका हुन् । कोईरालाले कांग्रेस धार्मिक स्वतन्त्रताका पक्षमा दृढ रहेको उल्लेख गर्दै उहाँले सबैलाई धार्मिक स्वतन्त्रताका पक्षमा रहन आग्रह गरे ।
कार्यक्रममा उहाँले पार्टी्भित्र गुटउपगुट रहेकाले त्यसलाई अन्त्य गर्न सकेमा अन्य कुनै पनि पार्टीले हराउन नसक्ने बताए । उहाँले भन्नुभयो, “कांग्रेसको भित्र तिक्तत्ता छ, कांग्रेस एक ठाउँमा उभिदा कसैले हराउन सक्दैन ।” कांग्रेसका कायकर्ताले सोधेको प्रश्नको उत्तर दिदै उनले हरेक समस्याको समाधान गर्ने प्रयासमा रहेको बताए ।