सबलपोस्ट / बुटवल – हिन्दुहरुको माहान पर्ब हरितालिका तिजको अवसरमा चमेरो म्युजिक को प्रस्तुतिमा गायक श्रिधर अधिकारी र मन्जु ज्योति पाण्डे ( गौडेल) को तिज गित तिरैमा बजारमा आएको छ । उक्त गितमा श्रिधर अधिकारी र मन्जु ज्योति गौडेल को स्वर रहेको छ । साथै शब्द/ संगित पनि गायक श्रिधर अधिकारीले नै गरेको छन । भने गितको थेगो लक्ष्मण अधिकारीले बनाएको हुन ।
उक्त गितमा बिशेष गरि चर्चित गायक एबम मोडल रामजी खाँड़ र मेनुका थापाको अभिनय रहेको छ । यस गितमा सानो छदाँ को साथि संग धेरै पछि भेटघाट हुदाँ पहिला गाउँघरमा रहदाँ गरिने तिजको रमाईलो र कियाकलप हरुलाई समझदै अहिले धैरै पछि को भेट र माया प्रेमिका कुरा हरु गितमा सुन्न र हेर्न पाईन्छ । गितमा निकै मौलिक खालको शब्द हुरु रहेको छन । साथै उक्त गितको छायांकन करन चैसर, सम्पादन , मनोज कार्किले गरेको छन भने गितको निर्देशन बहुचर्चित निर्देशक मौसम हिमालिले गरेका हुन । हेर्नुहोस् भिडियो :