किन यसरी आकासियो सुन ।

प्रकाशित मिति:

काठमाडौं – सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार एकैदिन तोलामा एक हजार पाँच सय रुपैयाँ बढेर सुन मुल्य तोलाको ६९ हजार पाँच सय रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस २७ डलरले बढेको छ । मंगलबार प्रति औँस १४ सय ५९ डलरमा कारोबार भएको सुनको भाउ बुधबार प्रति औँस १४ सय ८६ डलर पुगेको हो । चाँदीको भाउ तोलाको ८ सय १० रुपैयाँ रुपैयाँ निर्धारण गरिएको छ । सुनको भाउ अझै बढ्ने संकेत देखिएको महासंघ अन्तर्गत मुल्य निर्धारण समितिले जनाएको छ । अहिले विश्वभर अर्थतन्त्रमा समस्या भइरहँदा सुनमा लगानीकर्ताको आकर्षण बढेको हो ।