स्नुकरका बादशाह रेगन श्रेष्ठ : हिजोका दर्शक, आजका नेपाल च्याम्पियन

प्रकाशित मिति:

दिपक न्यौपाने ।साउन ११ ।केहि दिनअगाडी काठमाण्डौमा सम्पन्न प्रथम चामुन्डा स्नुकर प्रतीयोगीतामा प्रथम भइ शिल्ड उचाल्दै गर्दा रेगन श्रेष्ठमा जुन खुसी देखिन्थ्यो त्यो भन्दा कम खुसी थिएन बुटवलका स्नुकरप्रेमीहरुको पनी । रेगन श्रेष्ठ तिनै हुन जसले लगातार ३ पटकसम्म आफुलाइ नेपाल च्याम्पियन बनाउन सफल रहे । पछिल्लो समय इन्डोर गेम स्नुरकतर्फ आर्कषण बढिरहदा रेगन श्रेष्ठजस्ता खेलाडीहरुले पाएको सफलताले सबैलाइ होस्साएको छ । बुटवल निवासी रेगन बिगत ७–८ बर्षदेखी काठमाण्डौमा बसिरहेका छन । बुटवल अमरपथका स्व कृष्णमान श्रेष्ठ र शिला श्रेष्ठका कान्छा छोरा रेगनले स्नुकरको स्टिक समाप्त थालेको डेढदशक भन्दा धेरै भैसकेको छ । यो बिचमा जिन्दगीका आरोह अबरोहलाइ छिचोल्दै उनले आफ्नो स्कुकर खेलप्रतीको लगाबलाइ अगाडी बढाइरहे । आज म स्नुकर खेलाडी भनेर चिनिएको छु, हाम्रो खेलकुदकर्मिसग कुराकानी गर्दै श्रेष्ठले भने – नेपालभरकै उत्कृष्ट खेलाडी हुन पाएकोमा औधी खुसी लागेको छ । हिजोका दिनमा हामीजस्ता खेलाडीहरुलाइ काम नपाएकाहरुले खेल्ने खेल भनेर सम्बोधन गरिन्थ्यो । तर आज सबैको नजर स्नुकरमा परेको देख्दा खुसी लाग्छ । ’’ अझ उनी दाइहरुको संगतबाटै यो खेलमा आर्कषीत गरेको बताउछन । कुनै बेला उनी बुटवलको पहिलो स्नुकर हाउस बुटवल स्नुकर हाउसमा दर्शक थिए । अरुले खेलेको हेर्थे । पछी खेल्दा खेल्दै जिल्लाको उत्कृष्ट खेलाडी हुदै हाल स्नुकरमा नेपालको सर्वोउत्कृष्ट खेलाडी बन्न सफल भएका छन ।

हिजो जिरो , आज हिरो  आजभन्दा झण्डै डेढदशक अगाडी फर्कदा रेगन श्रेष्ठको जिन्दगी अर्कै थियो । उनी साथीभाइको लहलहैमा हिड्थे । आनन्दको लागी झण्डै ८ देखी १० बर्ष लागुपदार्थ सेवन गरेको कुरा भन्न उनी धक मान्दैनन । त्यो बेला अर्कै समय थियो , रेगनले थपे – समयले त्यस्तै बनाएको थियो । स्कुल पढ्दादेखी नै लागुपदार्थ सेवन गरियो जसले गर्दा आफ्नो करियर सोचेजसरी अगाडी बढ्न सकेन । अब त्यो बिगत भैसक्यो , अहिले त मेरो पुरै ध्यान स्नुकर र आफ्नो ब्यबसायमा केन्द्रित रहेको छ । ’’ उनले आफु त्यतीबेला जिरोमा रहेको र अहिले आएर खेलको माध्यमबाट सबैमाझ चिनिन पाउदा खुसी रहेको जनाए । हालसम्म उनले नेपाल तथा बाहिर सन्चालन भएका दर्जनौ प्रतीयोगीतामा आफुलाइ अब्बल साबित गरेका छन् । अहिले उनी नेपाली स्नुकरको बादशाह हुन भन्दा फरक पर्दैन , रुपन्देहि पुल तथा स्नुकर सघंका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ भन्छन – रेगनले गर्दा हामी बुटवलबासीको नाम स्नुकरमा अगाडी आएको छ । उनी नेपाल च्याम्पियन हुदै गर्दा यहाका सघंसस्था र स्थानीय निकायले सम्मान गर्नुपर्ने हो , तर खेलाडीहरुलाइ वेवास्ता गरिएको छ जुन अत्यन्तै दुखद कुरा हो । ’

रोनिओ सेलेभानबाट प्रभाबीत, वल्र्डच्याम्पियनमा भाग लिदै.  सबै खेलाडीका आ आफ्ना प्रेरणदायी र मनपर्ने खेलाडी हुन्छन । त्यसमध्ये यी नेपाल च्याम्पियन श्रेष्ठलाइ बेलायतका खेलाडी रोनिओ सेलेभान अत्यन्तै मन पर्छ । उनी बाट धेरै कुरा सिकेको बताउने रेगनले आफ्नो लगनशिलता र धौयर्ता भएको खण्डमा जुनसुकै क्षेत्रमा पनी सफलता पाउने बताए । सेप्टेबरमा बंगलादेशको टुनामेन्टमा सहभागी हुने रेगन त्यसलगत्तै वल्र्ड च्याम्पियनसिपमा सहभागी हुन म्यानमार जानेछन । एउटा खेलाडीको लागी यो ठुलो मौका हो , विलियर्ड पुल तथा स्नुकर सघंका केन्द्रिय अध्यक्ष सरोज मुल्मिले थपे – उनी जस्ता प्रतीभाबान खेलाडीहरुलाइ अगाडी बढाउन म लगायत हाम्रो सघं निरन्तर रुपमा अगाडी बढीरहेको छ । अब राज्यबाट पनी स्नुकर खेललाइ प्रमोट गर्नका लागी सहयोग चाहिन्छ । ’’ खेलाडी रेगनलाइ अझै अगाडी बढ्न उनको परिवार र साथीभाइको ठुलो हौसला रहेको छ । हाल उनले आफुले पनी प्रशिक्षण दिदै अरुलाइ पनी जानेको कुराहरु सिकाउदै आएको बताउछन । यता पुलिस प्रशासनबाट पनी स्नुरकमा लागुपदार्थ खाने युवाहरुको भिड हुन्छ भन्दै बेलाबेलामा कर्के नजर परिरहेको देखिन्छ । तर अहिले बिभिन्न सघंहरुले आफ्नै आचारसंहिता बनाएर खेलाडीहरुलाइ अगाडी बढाउन प्रेरणा दिएका छन । र प्रहरीको कर्कै नजर पनी फेरीदै गएको छ ।