तमानका पहिरोमा ज्यान गुमाएका परिवारलाई १÷१ लाख , पाँच घर गाउँपालिकाले बनाइदिने

२३ श्रावण २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
202 Shares


कौरव खत्री -बाग्लुङ्ग/बागलुङको तमानखोला गाउँपालिकाले आफनो गाउँपालिकामा गत साउन १९ गतेको पहिरोका कारण ज्यान गुमाएका घाइते भएका र घरमा क्षती भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।गाउँकार्यपालिकामा बुधवार बसेको बैठकले पहिरोमा पुरिएर ज्यान गुमाएका ३ जनाको घरपरिवारलाई प्रति मृतक १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र गम्भीर घाईते पोखरामा उपचार गराइ राखेका ३ जनालाई प्रति व्यक्ति रु ५० हजार र सामान्य घाईते भएका ४ जनालाई प्रति व्यक्ति २०÷२० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।

साथै सोहि बैठकको निर्णय अनुसार ५ घर पुर्ण रुपमा पहिरोले क्षति पु¥याएका कारण गाउँपालिकाले चाँडै घर निर्माण गरिदिने अन्य ३ घर आँशिक क्षति भएका कारण दुई घरलाई प्रति परिवार १०÷१० हजार र १ घरका लागि ५ हजार रुपैयाँका दरले तत्काल राहत रकम उपलब्ध गराउने निर्णय भएको अध्यक्ष बुढाले बताए ।त्यसैगरी गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधीले पाउने सेवा सुविधा वापत एक महिनाको पचास प्रतिशत रकम र कर्मचारीको तर्फबाट एक महिनाको पाँच दिन बराबरको तलब समेत पिडित परिवारलाई उपलब्ध गराउने निर्णय भएको छ ।गत साउन १९ गते गएको पहिरोका कारण तमान गाउँमा अझै ७ घर पहिरोको जोखिममा रहेको पाइएको छ । पिडित परिवारलाई थप सहयोग पु¥याउन तमानक्षेत्रका युवाहरुले बुर्तिबाङ काठमान्डौ लगाएतका क्षेत्रमा आर्थिक सहयोग अभियान सुचारु गरेका छन् । गाउँपालिकाले घर भत्किएका तथा घाइतेलाई खाद्यान्न तथा बासको व्यवस्थापनमा सहयोग गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया