सुजुकि २ पाङ्ग्रे को डिलर मिट सम्पन्न

प्रकाशित मिति:

बुटवल –सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयात कर्ता तथा बिक्रेता भिजि अटोमोबाईल्स प्रालि ले आफ्ना नेपाल भर का आधिकारिक बिक्रेता हरुको भेला डिलर मिट सम्पन्न गरेको छ। काठमाडौं को गोकर्ण फरेष्ट रिसोर्ट मा २ दिन सम्म चलेको डिलर मिट मा कम्पनि ले आफ्ना भाबि योजना तथा बिगत को समिक्षा को बारेमा प्रस्तुति तथा भलाकुसारि गरेको थियो।

सुजुकि ले हाल नेपाल भर ५९ वटा ठाउँ बाट एक साथ बिक्री, स्पेयर्स तथा बिक्रि पछिको सेवा प्रदान गर्दै आएको छ। साथै आर्थिक बर्ष ०७५र७६ मा नेपाल भर बाट विभिन्न बिधामा सर्बोत्तकृष्ट डिलर हरुलाई सम्मान गरेको छ। जसमा सर्बाधिक बिक्रि तर्फ न्यु केसि अटोमोबाईल्स तुल्सिपुर, गुणस्तर सर्भिस तर्फ बर्दघाट, बिशिस्ट संरचना तर्फ पोखरा र सर्बाधिक स्पेयर्स बिक्रि तर्फ बसुन्धरा ले हात पार्न सफल भएका छन। सर्बाधिक बिक्रिको अवार्ड हात पारे पछि न्यु केसि का संचालक प्रेम केसि ले कम्पनिले आफुलाई न्याय गरेको र आगामि बर्ष मा पनि सर्बोत्कृष्टता को नतिजा अन्यत्र जान नदिनको लागि थप कोसिस गर्न आफुलाई थप चुनौति थपिएको जानकारि दिए।