संस्थाको मुख्य अभियान “ सेवा नै धर्म हो “ दिब्या सुब्बा

प्रकाशित मिति:

मितेरि समाज, युएई, केन्द्रीय उपाध्यक्ष तथा  तिज सांस्कृतिक धमाका २०१९  कि संयोजक दिब्या सुब्बा संग गरिएको कुराकानी

मितेरि समाज युएईको बारेमा थोरै खुलाईदिनुस् 
मितेरी समाज यस्तो एक संस्था हो विशुद्ध सामाजिक भावनाबाट स्थापना गरिएको हो र यस संस्थामा जुनसुकै राजनैतिक पार्टीमा आस्था राख्ने , जुनसुकै जातजातीहरुका नेपाली नागरिक अटाउन सक्ने परिकल्पना गरिएको समाज हो र यसको मुख्य अभियान “ सेवा नै धर्म हो “ ।

 तीज बिशेष साँस्कृतिक कार्यक्रम गर्नुको उद्देश्य ?  हामी प्रवासमा रहेर पनि हाम्रो आफ्नो रितीरिवाज धर्म संस्कृतिलाई भुल्नुहुन्न यसको हामीले संरक्षण र सदैब सम्मान जगर्ना गर्नुपर्छ । त्यसैले यत्रात्यत्रा छरिएर रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई समेटेर चाड मनाउने एक उद्देश्य हो भने बर्षौभरि काम गरेर दुख पिडा सबै भुलेर सबैएकै साथ रमाईलो मनोरंजन पनि दिने हो ।

 कार्यक्रमको तयारी कहाँसम्म पुग्यो ? कार्यक्रमको तयारी लगभग आधा जति सकियो तिब्र रुपमा प्रचारप्रसार हुँदैछ । नेपालबाट २ जना कलाकार ल्याउने भिसाको काम पनि सकिसक्यो सम्बन्धित ठाउबाट सहयोग आउँदै छन् र सबै भन्दा ठूलोकुरा हाम्रै संस्थाका प्रतिनिधी सदस्यहरुबाट नै आर्थिक सहयोग आइरहेको छ ।

 कार्यक्रममा के कस्ता प्रस्तुतिहरु रहनेछन कार्यक्रममा नेपालबाट २ जना कलाकारहरु का साथै स्थानीय कलाकारहरुबाट सबै प्रकार प्रस्तुतिहरु रहने छ ।

यसरि कार्यक्रमको लागि खटिरहँदा कस्तो खाले अनुभव हुने रहेछ ? सबैभन्दा ठूलो समय । १२ घण्टा काम गरेर बाँकी रहेको समय यस कार्यक्रमको लागि दिनु पर्छ त्यसैले एकदम गार्हो अप्ठ्यारो स्थितीको सामना गर्नुपरेता पनि हाम्रो संस्थाको टिम वोर्कले गर्दा केही हद सम्म सहज भएको अनुभव भइरहेको छ ।

कार्यक्रम सम्पन्न गर्न खटिरहँदा अन्य संस्था र ब्यक्तिहरुको कस्तो साथ पानुभयो ?  एकदम राम्रो प्रश्न गर्नुभयो अलएनमा जतीपनि संघसंस्थाहरु , समाजसेवीहर उहाँहरुबाट पुर्ण समर्थन पाएका छौं ।

 युएईमा रहने नेपालीहरुका निम्ति तपाईको सन्देश र कसरी निमन्त्रणा दिनुहुन्छ कार्यक्रमको निम्ति ? सम्पूर्ण प्रबाशी नेपाली दिदिबहिनिहरु लाई नेपाली नारिहरु को महान पर्व हरितालिका तीज को शुभकामना दिन चाहन्छु साथै सम्पूर्ण दाजुभाईहरु लाइ चेली बेटी लाई शब्य र भद्र व्यबार गर्नु हुन अनुरोध गर्दै हुन गइ रहेको तीज साँस्कृतिक धमाका – २०१९ु सब्य र भब्य बनाउन सहयोग गर्नु हुन्छ भन्ने आशा का साथ सम्पूर्ण युएई बासी दाजु भाई दिदि बहिनि हरु लाई हार्दिक निमंत्रना गर्दछु।