गैर आवसिय नेपाली संघ कतार (NRNA -NCC) लेखा समिति संयोजकको पदमा मुखतार आलमको उम्मेदवारी

प्रकाशित मिति:

 सहित इमरान खान गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको २०१९–२०२१ कार्यकालको लागि लेखा समिति संयोजकको पदमा धरानका मुखतार आलम उर्फ अमन अन्सारीले उम्मेदवारी दिएका छन । विगत १२ वर्षदेखि कतारमा कार्यरत उनी संघको यसअघि २०१३–२०१५ कार्यकालमा सदस्य पदमा निर्वाचित थिए । २०१५–२०१७ कार्यकालमा पनि लेखा समिति सदस्य समेतको जिम्मेवारी निर्वाह गरिसकेका उनी अहिले सुनसरी सिर्जनशील परिवार, कतारको उपाध्यक्ष पदमा कार्यरत छन । उनी धरान–३ निवासी हुन । उहाँ भित्र रहेको लेखा सम्बन्धी ज्ञान, सीपलाई यस गरिमामय साझा संस्थामार्फत समर्पित गर्ने सोचका साथ लेखा संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको छन ।

यस्तो छ मुखतार आलम उर्फ अमन अन्सारील ज्यु को अपिल – आदरणिय गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अग्रज अभियन्ता ज्यूहरु, पञ्जीकृत सदस्य ज्यूहरू, कतारमा स्थापित सामाजिक संस्थामा आवद्द हुनु भएका सामाजिक अभियान्ता ज्यूहरू, पत्रकार मित्रहरु, कतारमा कार्यरत गैरआवासिय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, सबैमा एकमुष्ट अस्सलामुअलैकुम एवम नमस्कार । सर्वप्रथम, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१९–२०२१ कार्यकालको लागि म मुखतार आलम लेखा समिती संयोजको पदमा आफ्नो उम्मेदवारी दिने सवैमा अवगत गराउन चाहान्छु । म विगत १२ वर्षदेखि कतारमा कार्यरत रहदा सामाजिक संघ संस्थाहरुको कार्य सम्पादनका अनुभवहरूलाई उपयोग गर्दै गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१३–२०१५ कार्यकालमा सदस्य पदमा निर्वाचित भइ कार्य सम्पादन गरिसकेको, २०१५–२०१७ कार्यकालमा पनि लेखा समिती सदस्य समेतको जिम्मेवारी निर्वाह गरिसकेको र वर्तमान अवस्थामा सुनसरी सिर्जनशिल परिवार, कतारको उपाध्यक्ष पदमा रही काम गरिरहेको जानकारी यहाँ हरुलाई गराउन चाहन्छु । म भित्र रहेको मेरो लेखा सम्वन्धि ज्ञान, सीप लाइ यस गरिमामय साझा संस्था मार्फत समर्पित गर्ने सोचका साथ लेखा संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । यस गरिमामय संस्थाको परिषद सदस्यहरुले आफ्नो अमूल्य मत दिई गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार २०१९–२०२१ कार्यकालको लेखा समिती संयोजक पदमा मलाइ काम गर्ने अवसर प्रदान गराईदिनु हुन हार्दिक अपील गर्दछु । धन्यवाद सहित, मुखतार आलम लेखा संयोजक पदको उम्मेदवार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार