म्याग्दी जीप दुर्घटनाका १३ घाइतेलाई पोखरा पठाइयो

२३ श्रावण २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
103 Shares


म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ३, भकिम्लीस्थित हल्लेगौंडामा बुधबार जीप दुर्घटना हुँदा घाइते भएका सबै थप उपचारका लागि पोखरा रिफर भएका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएकामध्ये १३ जनालाई बेनी अस्पतालले पोखरा रिफर गरेको हो । जीप दुर्घटनाका अरु घाइतेहरु समेत स्वयं आफै उपचारका लागि पोखरा जान्छौं भनपछि पठाइएको अस्पतालका क्लिनीकल कोअर्डिनेटर डाक्टर नवराज वस्ताकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरुको टाउँको, आँखा, छाती, पेट, हातखुट्टा र शरिरको अन्य भागमा चोटपटक लागेको छ ।

सदरमुकाम बेनीबजारबाट भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्बरको जीप दुर्घटना हुँदा बेनपा–३, भकिम्लीका ५५ वर्षीय रत्नबहादुर खत्रीको बेनी अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको थियो । यसैगरी जीप दुर्घटनामा परेर चालकसहित १३ जना घाइते भएका छन् ।  घाइते हुनेहरुमा बेनपा–३, भकिम्लीका २० वर्षीय ईन्द्रबहादुर विक, बेनपा–३, मुसुङडोलेका जीप चालक ३४ वर्षीय यामबहादुर श्रीष, बेनपा–३, भकिम्लीका ४० वर्षीया ज्ञानकुमारी श्रीष, सोही ठाउँकी ४० वर्षीया रुपा घर्ती, ७१ वर्षीय डम्बरबहादुर छन्त्याल र ५० वर्षीय आइतराम विक रहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश शर्माले जानकारी दिनुभयो । त्यस्तै बेनपा–३, भकिम्लीकै २२ वर्षीय बिक्रम सुनार, ३८ वर्षीया भुमीदेवी खाती, २५ वर्षीय विशाल शाक्य, २३ वर्षीया शान्ता शाक्य, उनको साढे २ वर्षको बच्चा साईरा शाक्य, मंगला गाउँपालिकाको बराङ्जाकी ७० वर्षीया बुद्धिकला सुनार र बागलुङ गुठीका २१ वर्षीया मन्जु खत्री घाइते भएको सूचना अधिकारी शर्माले बताउनुभयो । जीप सडकबाट ३३ मिटर तल खसेको प्र्रहरीको भनाइ छ । वर्षात्को समय र उकालोमा ओभरलोड हुँदा ब्रेकफेल भएर दुर्घटना हुन गएको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया