हिमदुत अनलाईनको औपचारिक शुभारम्भ

प्रकाशित मिति:

गोपीकृष्ण रेग्मी मनाङ (निस्याङ) २३, साउन ।  स्मार्ट सिटी वालिङवाट सन्चालनमा ल्याइएको हिमदुत अनलाईनको आज औपचारिक शुभारम्भ गरिएको छ । विश्वको सवैभन्दा उच्च स्थानमा रहेको तिलिचो तालवाट वालिङका वरिष्ठ व्यापारी तथा वोलवम समितीका वरिष्ठ उपाध्यक्ष चन्द्रमान श्रेष्ठले हिमदुत डट.कम अनलाईनको व्यानर अनावरण गरेपछि अ‍ैपचारिक रुपमा हिमदुत अनलाईनमा सुरु गरिएको हो ।  नेपाल भ्रमण वर्ष २०२० सफल पारौं भन्ने नाराका साथ वालिङवाट वोलवम समितीको सक्रियतामा गएको झण्डै ९० जनाको टोलीले निस्याङ गाँउपालिका वाड नं ९ तिलिचो तालमा पुगेर हिमदुतको व्यानर अनावरण गरेका हुन । हिमदुत हिमालको नाम संग जोडिएकोले हिमालको काखमा पुगेर शुभारम्भ गरिएको सन्चालक यामप्रसाद अधिकारी लक्ष्मणले वताए ।

हिमदुतको उद्घाटन गर्दै श्रेष्ठले स्याङ्जावाट सन्चालित समाचारमुलक प्रस्तुती हिमदुतले नेपाली समाजको साच्चै दुत वन्न सकोस भन्ने शुभकामना व्यक्त गरेका थिए । विद्युतिय संचारमाध्यमको रुपमा लिइएको यस अनलाईनको शुभारम्भ जिल्लाका यूवाहरुवाट गरिनु् अत्यान्तै सकारात्मक रहेको समितीका प्रवक्ता युवराज गौतमले जानकारी दिए । तिलिचो तालमा हिमदुत अनलाईन शुभारम्भ कार्यक्रम सन्चालक यामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन वालिङ जेसीजका अध्यक्ष राजु तिवारीले गरेका थिए । ‘हिमदुत डट.कम’ सन्चालनको उद्देश्य पत्रकारिताको माध्यमवाट समाजको विकास गर्नु हो । नेपालको पिंक सिटीको रुपमा परिचित हाल देशमै नमुना नगरपालिकावाट सन्चालन सुरु गरिएको यस अनलाईन संचार माध्यम वालिङ नगरपालिकाको लक्षलाई साकार पार्न निरन्तर पहल गर्ने छ । स्मार्ट वालिङ निर्माणका लागि नगरपालिका र सम्वन्धित निकाय संग हातेमालो गर्दै अगाडी वढ्ने प्रधान सम्पादक प्रदिप कोइरालाले जानकारी दिए । हिमदुत जिल्लाका ५ जना यूवाहरुको सामुहिक लगानीमा स्थापना गरिएको छ । यसको निर्माण एल.जि.एम नेपालले गरेको छ भने आगामी दिनमा प्राविधिक सहयोग पनि सोही संस्थाले गर्ने छ । आजवाट सुरु गरिएको भएपनि यसको दर्ता प्रक्रिया भने केही दिन लाग्ने सन्चालकले जानकारी दिएका छन ।