गरिव तथा विपन्न परिवारलाई जस्तापाता वितरण

प्रकाशित मिति:

बिजयनगर गाउपालिकाले गरिव तथा विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । गाउपालिकाभित्र रहेको वडा नम्वर ७ काे गणेशपुरमा खरको छानो मुक्त गर्ने अभियान अन्तर्गत गाउपालिकाले जस्तापाता वितरण गरेको हो । बुद्धवार गाउपालिकाले गणेशपुरका गरिब ९ घरपरिवारलाई जस्ता पाता वितरण गरेकाे थियाे । खरकाे छानाे भएका अारति देवि काेरी,मुन्सी नाउँ,दफेदार नाउँ,राम दिन कुर्मी,बिन्दबासनी काेरी,कल्लु मुराऊ,राम मिलन लाेनिया,गुरु प्रसाद काेरी र राम अचल काेरीले जस्तापाता पाएका थिए ।१ घरपरिवारललई २४ पत्ता जस्तापाता मिलेपछि स्थानियले खुसि व्यक्त गरेका छन् । गाउपालिका प्रमुख गाेपाल बहादुर थापा, उपप्रमुख लक्ष्मि कुमारी चाैधरी वडा नम्बर ७ का वडाध्यक्ष दिनेश चाैधरीकाे नेतृत्वमा वितरण भएको थियो ।