राजपा कपिलवस्तु द्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

प्रकाशित मिति:

राष्ट्रिय जनता पार्टि नेपाल कपिलवस्तुले जिल्लामा मलखाद अभाव भएको र किसान मर्का परेको भन्दै जिल्ला प्रसासन तौलिहवा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्लामा असार महिना देखि हाल सम्म कृषि समाग्री संस्थामा मलखाद अभाव भएको र हाल खेति गर्ने सिजन भएकाले किसानलाई मलखादको आवश्यकता रहकोले अभावमा खेति मलमा मल प्रयोग गर्न नपाउदा किसान मर्का परेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । जिल्लाका किसानलाई समयमा नै खाद उपलब्ध नगराए बाध्य भएर किसानहरु आन्दोलन गर्ने जानकारी सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय मार्फत प्रधान मन्त्रीलाई बुझाएको राजपा नेपालका जिल्ला अध्यक्ष मण्डलका सलिम मोहम्द मुसलमानले बताए ।