बुटवलमा कम्पलीट नेटरेसन शाखा

प्रकाशित मिति:

बुटवल, २४ साउन । स्वाथ्य नै धन भन्ने मुल नाराका साथ बुटवलमा कम्पलीट नेटरेसन नेपालको सुभारम्भ गरिएको छ ।  बुटवल–९ मिनलचौकमा रहेको सृजना स्ट्रीट मार्टमा बडि विल्डर सम्बन्धी आवश्यक पर्ने सम्पूर्णमा डाईटिन प्रोट्रीन तथा मिनरल्सको साथै आवश्यक पर्ने विभिन्न सामानहरु समेत विक्रि गर्ने उदेश्यका साथ बुटवलको डिलर सुभारम्भ गरिएको हो ।  जीम तथा अन्य फिटनेशनको लागि आवश्यक पर्ने ८ बर्ष अष्ट्रोलियमा जीम सम्बन्धी अध्ययन गरेका आशिष श्रेष्ठले ले उक्त सेन्टरको शुभारम्भ गरेका हुन ।

सपको विहिबार अन्तराष्ट्रिय बडि विल्डरमा च्याप्मीयन महेश महर्जनले सपको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै उनले स्वाथ्य नै धन भएको कारण शाररिक सुगठनको लागि विशेष ब्रान्डेट मिनरल्सहरु खानुपर्ने र विशेष ब्रान्डेड समानहरु प्रयोग गर्नुपर्ने बताए ।  कार्यक्रममा डाईट अफ नेपालका मेनेजिङ्ग डाईरेक्टर निशान्त प्रधान, बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा सृजना स्ट्रीट मार्टका सञ्चालक नवराज श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उज्जल कसुज, जिल्ला शाररिक सुगठन संघ रुपन्देहीका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, राष्ट्रिय निर्णयक राजकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  ओएन, विएसएम, आएस ओ ब्रान्डका ब्रान्डेट मिनरल्न, म्युटेन्टहरु उक्त स्टोरमा पाईन्छन । सपका अध्यक्ष रिम प्रसाद श्रेष्ठ ले बुटवलमा विभिन्न प्रकृतिका जीम हाउस, क्लवहरु खुल्ने क्रम बढ्दै गएको जानकारी दिदै यसमा प्रयोग हुने विभिन्न डाईट जन्य बस्तु तथा पद्धार्थहरुमा ब्रान्डीङ्ग गर्दै एक रुपता ल्याउनको लागि सप खोलीको जानकारी दिए ।

थप समाचार