गुल्मीको पौदीअमराईमा ग्लोबल आइएमईको पाँचौ शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ

२३ श्रावण २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
75 Shares


कौरव खत्री गुल्मी गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ पौदीमराईमा ग्लोबल आइएमई बैंक लि.वामी शाखाद्धारा आफ्नो पाँचौ शाखा रहित  सेवा विस्तार गरेको छ ।बिहिवार ग्लोवल आइएमइ बैङको शाखा रहित बंकिङ्ग सेवाको उद्घाटन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले ग्लोवल आइएमइको शाखा रहित बैंकिङ्ग सेवा विस्तारले यस क्षेत्रका आम सर्वसाधारणलाई बैंकिङ्ग सेवामा थप सहजता थपेको बताए ।

साथै नगरप्रमुख सापकोटाले ग्लोबल आइएमई बैंक लि.वामी शाखाले ग्रामिण इलाकामा बैङको विकास र विस्तार गरेकोमा ग्लोबल आइएमई बैंक लि.वामी शाखालाई धन्यबाद दिए ।ग्लोवल आइएमइ बैङ वामी शाखाले मुसिकोट नगरपालिका वडा नं. १ पौदीअमराईमा पाँचौ शाखा रहित बैंकिङ्ग सेवा बिहिवार देखि शुभारम्भ गरेको छ ।ग्लोबल आइएमई बैंक लि. वामी शाखाले पौदीअमराईमा शाखा रहित बैकिङ्ग सेवा विस्तार गरेसँगै यस क्षेत्रका आम सर्वसाधरण जनताहरुलाई आफ्नो घर नजिकैबाट आर्थिक कारोवारमा थप सहजता भएको ग्लोवल आइएमइ बैंक वामी शाखा प्रवन्धक माधव उपाध्यायले जानकारी दिए ।

उक्क्त शाखा रहित बैंकिङ्ग सेवाबाट बैङको खाता खोल्न, रकम बचत गर्ने तथा झिक्न रकमको जानकारी लिन र अन्य शाखाहरुमा रकम पठाउन विदेशबाट आएको रकम निकाल्न र मोबाइल रिचार्ज गर्न सकिने व्यवस्था रहेको ग्लोवल आइएमइ बैंक वामी शाखा प्रबन्धक उपाध्यायले जानकारी दिए ।उक्क्त शाखा रहित बैकिङ सेवाबाट दैनिक रुपमा ग्लोवल आइएमइ बैंक शाखा सरह नै सेवा उपलव्ध हुने प्रवन्धक उपाध्यायले जानकारी दिए ।साथै प्रवन्धक उपाध्यायले भने शाखा रहित बैकिङ सेवा सुचारु भएपछि विशेष गरि वृद्ध वृद्धाहरुलाई आफ्नो घर नजिकै पायक पर्ने स्थानबाट सामाजिक सुरक्षा अन्र्तगतको वृद्धा भत्ता वितरण लगायतका बैकिङ सेवाले स्थानीय नागरिकहरुलाई थप सहजता प्रदान गरेको छ भने स्थानीय नागरिकहरुको आवश्यकता र माग अनुसार शाखा रहित बैकिङ सेवा अझ विस्तार गर्न सकिने प्रवन्धक उपाध्यायले बताए । ग्लोवल आइएमइ बैंक वामी शाखाले गुल्मी अन्तर्गत मुसिकोट नगरपालिका भित्रका भुवाचिदी,आपचौर,बडागाँउ, पौदीअमराई र बाग्लुङ्गको भिमगिठे गरि ५ स्थानमा ग्लोवल आइएमइ बैंक वामी शाखाले आफ्नो शाखा रहित बैकिङ सेवालाई विस्तार गरेको छ ।

साथै देशभर ग्लोवल आइएमइ बैंक लि.ले १सय,७९ वटा शाखा रहित बैकिङ सेवा विस्तार गरेको प्रवन्धक उपाध्यायले जानकारी दिए ।कार्यक्रम ग्लोबल आइएमइ बैंक वामी शाखा प्रवन्धक माधव उपाध्यायको अध्यक्षता र मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ग्लोबल आइएमइ बैंकका व्यवसायिक प्रतिनिधि गंगा श्रेष्ठको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमकोसञ्चालन भने ग्लोबल आइएमइ बैंक वामी शाखा सह–प्रवन्धक बुद्धमणि खरालले गरेका थिए ।साथै पहिलो दिन केही सर्वसाधरणहरुले नँया खाता खोलेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेपाल प्रवेश गर्‍याे पश्चिमी वायु सतर्कता अपनाउन आग्रह
  • अन्तिम खेलमा बार्यन म्युनिखसँग टोटनह्याम ३–१ ले पराजित
  • आज उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा मनाइँदै
  • आज मंसिर २६ गते विहीबारको राशिफल
  • ‘महाधिवेशन गर्न नसक्नु हाम्रो विवेकपूर्ण अपरिहार्य वाध्यता हो’
  • शिक्षामा लगानी अनुसारको गुणस्तर वृद्धि हुन सकेन : गण्डकी प्रदेशका…
  • किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा राष्ट्रपतिद्वारा शुभकामना सन्देश
  • एक घरमा बम विस्फोट, एकजना प्रहरी नियन्त्रणमा
  • कसरी भगवानप्रति प्रल्हादको रह्यो पूर्ण विश्वास
  • जलवायु परिवर्तन अभियन्ता ग्रेटा बनिन् ‘टाइम वर्ष व्यक्ति’